site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘नागरिक सरकार’ गठन गर्छौँ : दुर्गा प्रसाईं

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ‘नागरिक सरकार’ गठन गर्ने घोषणा गरेका छन् ।

आइतबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले यही मंसिर ३० गतेभित्र ‘नागरिक सरकार’ गठन गरी गाउँगाउँ, वडादेखि आफूहरूको अभियानलाई सशक्त बनाउने निर्णय गरिएको जानकारी दिए ।

उनले राजसंस्थाको मुद्दालाई थप स्थापित गराउन मेचीमा बालेको दियो फागुन १ गते काठमाडौंको वसन्तपुरमा ज्ञानेन्द्र शाहको हातबाट बालेर वैदिक सनातन धर्मसापेक्ष हिन्दुराष्ट्रसहित परिवर्तनको घोषणा गर्ने बताए ।

महाभियानको दबाबमूलक कार्यक्रम आफूहरूका माग पूरा गराउन सरकारको ध्यानाकर्षणका निम्ति भएको उनले उल्लेख गरे ।

उनले आफूहरूको यसअघिको आन्दोलन निकै सफल भएको बताए । अबको आन्दोलन विकेन्द्रित हुने उनको भनाइ छ ।

बैंक तथा लघुवित्त र बिमा कम्पनी राष्ट्रियकरण, निक्षेपको जिम्मा सरकारले लिनुपर्ने, अति विपन्न गरिबको ऋण मिनाहा गर्नुपर्ने, धितो फिर्ता, प्रदेश संरचना खारेजलगायत माग आफूहरूका रहेको उनले बताए । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १४:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro