site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेताहरूलाई गाली मात्र गर्ने ‘च्याप्टर क्लोज’ गरिदिऊँ : घनश्याम भुसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेताहरूलाई गाली गर्ने काम बन्द गर्न आग्रह गरेका छन् । अबको पुस्ताले नेताहरूलाई गाली गरेर जिन्दगी बिताउने काम गर्न नहुनेमा उनले जोड दिए ।

शनिबार काठमाडौंमा आयोजित ‘नेपाली समाजको मुख्य अन्तरविरोध’ विषयक विचार गोष्ठीमा उनले मुलुकको राजनीति नेताहरूले बिगारेको स्वीकार गरे । तर, नयाँ पुस्ताले उनीहरूलाई गाली गरेर आफ्नो औचित्य पुष्टि गर्न नसक्ने भुसालले पटक–पटक दोहोर्‍याए ।

मार्क्सवादको झन्डा नेताहरूले ‘पपुलिस्ट’हरूलाई लगेर बुझाएको भन्दै उनले समाजवाद निर्माणका निम्ति फेरि मार्क्सवादी पद्धतिमै फर्कनुको विकल्प नभएको बताए ।

“अहिले राजनीतिको जुन हावा चलेको छ, हावा चल्नुको केही खास कारण छन् । किनभने, राजनीति हामीले नै बिगार्‍यौँ । माथि गएकाले बिगार्‍यौँ । यो क्रान्तिको झन्डा पपुलिस्टहरूलाई लगेर बुझाएको हामीहरू ले नै हो, हाम्रा नेताहरूले नै हो,” उनले भने, “अब इतिहासमा यी नेताहरूलाई गाली गरेर कुने जेनेरेसनले आफ्नो पिँढीको औचित्य पुष्टि गर्न सक्दैन । अब नेतालाई गाली गर्ने समय पनि सकियो होला । यो गाली मात्रै गर्दाखेरि त हाम्रो जिन्दगी गाली गरेर मात्रै जाने भयो । त्यसो हुनाले यो च्याप्टर क्लोज गरिदिऊँ ।”

मुलुकमा सामन्तवाद नभएको तर कम्युनिस्ट नेताहरूले त्यसैमाथि प्रहार गर्ने गरेको उनले उल्लेख गरे । त्यस्तो विडम्बनापूर्ण अवस्थाको अन्त्य गर्नुपर्नेमा उनले जोड दिए । न्युज एजेन्सी नेपाल 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  १७:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro