site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय

अहिले सबैभन्दा धेरै अवमूल्यन र उपहास राजनीतिक दलका नेताको हुन्छ । कुनैबेला यही समाजले नेताहरूलाई सम्मानको दृष्टिले हेर्थ्यो भने अहिले त्यही शब्द उपहासको विषय बनेको छ ।

आफू र आफ्नो दलको बढाइचढाइ गर्दा उनीहरू जनताले पत्याउँछन् कि पत्याउँदैनन् भन्ने हेक्का पनि राख्दैनन् । यसैगरी विपक्षीलाई तिनले गर्ने कटाक्ष र गालीले पनि नकच्चर्‍याइँको सीमा नाघेको हुन्छ ।

व्यक्तिको स्वभाव संस्कारअनुसार शालिनतामा अन्तर हुनु अस्वाभाविक होइन । तर, एउटा कद हासिल गरेको व्यक्तिले सामान्य शिष्टता र मर्यादाको ख्याल राख्ने अपेक्षा त समाजले गरेकै हुन्छ ।

भिडको मनःस्थिति हेरेर बोल्ने वक्ता स्वयंलाई हुने हानि अरूको चासोको विषय होइन । परन्तु, राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने हैसियतका राजनीतिक नेताले जथाभावी बोल्दा भने देशलाई नै अप्ठेरो पर्छ ।  

केही दिन यता प्रेताहरूले समेत उत्तेजक र विवादास्पद अभिव्यक्ति दिन थालेका छन् । तिनमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख विपक्षी नेता खड्गप्राद ओली र कांग्रेस सभापति शेरबहादुर देउवासमेत हुनु चिन्ताको विषय हो ।
 
हालै देशको अर्थतन्त्र र संविधानजस्ता विषयमा समेत नेताहरूले गलत सन्देश जाने कुरा बोलिरहेका छन् । लाग्छ, उनीहरूलाई आफूले जे बोले पनि जनताले पत्याउँछन् भन्ने भ्रम छ । 

Global Ime bank

सरकारका कारण अहिले अर्थतन्त्र ध्वस्त भयो भन्ने नेकपा ९एमाले० अध्यक्ष ओलीकै अभिव्यक्तिलाई लिऊँ । अर्थतन्त्र त ओलीकै पालामा बिग्रेको हो  बरु अहिले बिस्तारै सुध्रिने क्रममा छ ।

यस्तै, अर्थतन्त्रमा सुधार भइसक्यो भन्ने प्रधानमन्त्री दाहालको दाबी पनि भ्रामक हो र त्यसले अत्यावश्यक सुधारलाई समेत बाधा पार्न सक्छ । अर्थतन्त्रको सङ्कट अझै टरिसकेको छैन ।

नेपाली कांग्रेसका सभापति देउवाको गणतन्त्रमा होइन संघीयता र धर्मनिरपेक्षताका हकमा विचार गर्न सकिने अभिव्यक्तिले यस्तै भ्रामक छ । संविधानको कुनै आधारस्तम्भ खलबलिएमा अरू पनि साबुत नरहनसक्छ भन्ने हेक्का राखेनन् । 

नेताहरूबाट जनताको भलो हुने अपेक्षा सायद अब नेपाली जनताले गरेका पनि छैनन् । तैपनि, नौटंकीका भाँडले जस्तो सस्तो प्रहसन प्रदर्शन नगरे त हुन्थ्यो नि १ नेपाली जनतालाई यिनले कति धेरै मूर्ख ठानेका हुन् ?
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  १३:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu