देश
काठमाडौं । तीनजनालाई वैदेशिक रोजगारीका लागि सर्बिया पठाउने आश्वासन दिएर ठगी गरेको आरोपमा प्रहरीले बाराका २५ वर्षीय दिपेश बास्कोटालाई पक्राउ गरेको छ । उनलाई बाराको जीतपुरसिमरा–१ बाट पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार बास्कोटाले बलबहादुर थापा मगरसहितलाई आठ लाख रुपैयाँ लागतमा सर्बिया पठाउने आश्वासन दिएका थिए । पीडितहरूलाई उनले मासिक एक लाख रुपैयाँ तलब हुने बताएका थिए ।
उनले पीडितहरूबाट पटकपटक गरी १७ लाख १७ हजार रुपैयाँ लिएका थिए । तर, त्यसपछि उनी सम्पर्कविहीन बने ।
उनलाई प्रहरीले वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८० २०:५३
प्रतिक्रिया दिनुहोस्