site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
डा. केसीको ‘शून्यको मूल्य’लाई उत्तम शान्ति पुरस्कार
Sarbottam CementSarbottam Cement

काठमाडौं । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले २०७९ सालको उत्तम शान्ति पुरस्कार डा. नवराज केसीको गैरआख्यान ‘शून्यको मूल्य’लाई समर्पण गरेको छ ।

शुक्रबार काठमाडौंमा गुठीद्वारा आयोजित कार्यक्रममा संरक्षकद्वय अणिमा कुँवर खडायत, अनामिका कुँवर सिंह र अध्यक्ष डा. पार्थिवेश्वर तिमिल्सिनाले डा. केसीलाई पुरस्कार समर्पण गरे । पुरस्कारका साथ नगद राशि एक लाख एक रुपैयाँ प्रदान गरियो ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा मन्तव्य दिँदै पुरस्कृत स्रष्टा डा. केसीले शून्यको मूल्य लेख्नुको कारण बताए । उनले कर्णाली क्षेत्रको पीडा उल्लेख गर्दै प्राप्त पुरस्कारको रकम कर्णालीकै एउटा गाउँ इखेनीमा आर्थिक उपार्जनमा सक्रिय आमाहरूको सहयोगमा खर्चिने बताए ।

डा. केसीले कर्णालीका अब आउने पुस्ताले बलियो समाज निर्माण गर्ने विश्वास व्यक्त गरे ।

Global Ime bank

पुरस्कृत कृतिमाथि चर्चा गर्दै डा. बिन्दु शर्माले ‘शून्यको मूल्य’ वैकल्पिक इतिहास भएको बताइन् । उनले पछाडि पारिएको भूगोलका आमाहरूको कथा कृतिमा रहेको बताउँदै गुठीले जनपक्षीय चिन्तनलाई पुरस्कृत गरेर महत्त्वपूर्ण काम गरेको उल्लेख गरिन् ।

कार्यक्रममा डा. तिमिल्सिना, चर्चित आख्यानकार नयनराज पाण्डेले पनि बोलेका थिए । गुठीले २०४४ सालदेखि हरेक वर्ष गैरआख्यानात्मक कृतिहरूलाई पुरस्कृत गर्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  २०:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement