site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
वीरगंजविरुद्ध पहिलो हाफमा चितवनलाई अग्रता 

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा वीरगंज युनाइटेडविरुद्ध चितवन एफसीले पहिलो हाफमा १–० को अग्रता बनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको २८औँ मिनेटमा विमल घर्ती मगरले गोल गर्दै चितवनलाई अग्रतामा राखेका थिए । मध्यभागबाट रोशन रानामगरले निकालेको उत्कृष्ट ‘थ्रू’ बललाई नियन्त्रणमा लिँदै विमलले ‘वान भर्सेस वान’ मा वीरगंजका गोलकिपर दीप कार्कीलाई बिट गरी खाली पोस्टमा गोल गरे ।

आजको खेलमा दुवै टिम पहिलो जितको खोजीमा छन् । वीरगंज यसअघि पहिलो खेलमा धनगढी एफसीसँग २–१ ले पराजित भएको थियो । चितवनको यो प्रतियोगितामा तेस्रो खेल हो । चितवनले पहिलो खेलमा धनगढी एफसीसँग १–० को हार बेहोरेको थियो । दोस्रो खेलमा काठमाडौं रेजर्ससँग १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो ।

दुई खेलबाट एक अंक जोडेको चितवन तालिकाको छैटौँ स्थानमा छ । अंकविहीन वीरगंज भने तालिकाको पुछारमा छ ।

मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता छ । प्रतियोगिताको यस सिजन काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगंज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्स सहभागी छन् ।

एनएसएलको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो । 

आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानजमेन्टले प्रतियोगिताका लागि साधारणतर्फ २०० र विशिष्टतर्फ ५०० रुपैयाँ टिकट मूल्य तोकेको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १८:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro