site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मधेस प्रदेशसभामा रिक्त दुई विषयगत समितिले पायो सभापति

जनकपुरधाम । मधेश प्रदेशसभामा रिक्त दुई वटा विषयगत समितिका सभापति चयन गरिएका छन् ।

प्रदेशसभाको आजको बैठकबाट दलीय सहमतिको आधारमा नेपाली कांग्रेसका तर्फबाट कृषि तथा भूमि व्यवस्थापन समितिको सभापतिमा सञ्जयकुमार यादव र प्रदेश मामिला समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी)का तर्फबाट रत्नेश्वरलाल गोईतलाई सर्वसम्मतरूपमा चयन गरिएको हो ।

नवनिर्वाचित सभापतिलाई सभामुख रामचन्द्र मण्डलले आजै पद तथा गोपनीयताको शपथ गराएका छन् ।

मधेस प्रदेशसभामा रहेका सात वटा विषयगत समितिमध्ये अर्थ तथा योजना समितिमा जनमत पार्टीका सतिशकुमार सिंह, प्राकृतिक स्रोत तथा वातावरण समितिमा नेकपा (माओवादी केन्द्र) का शारदा दास (पहाडी), महिला बालबालिका तथा सामाजिक न्याय समितिमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का रुपाकुमारी यादव, विकास समितिमा जनता समाजवादी पार्टी (जसपा) का सारदा शंकरप्रसाद कलवार र सार्वजनिक लेखा समितिमा एमालेका मञ्जुकुमारी थापामगर सभापति चयन भइसकेका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  २२:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro