विदेश
काठमाडौं । हमासले थप दुईजना बन्दीलाई रिहा गरेको छ । इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले हमासले दुई बन्दीलाई रिहा गरेको बताएका हुन् ।
हमासले बिहीबार राति उनीहरूलाई रेडक्रसको जिम्मा लगाएको छ । रिहा भएका दुवैजना महिला हुन् । रिहा हुनेमा मिया स्केम र कानुन व्यवसायी अमित सोउसना रहेकी छन् ।
इजरायली सेनाले अबको केही घण्टामा थप इजरायली बन्दी रिहा हुने अपेक्षा गरेको छ ।
अस्थायी युद्धविरामको आज सातौँ दिन हो । पहिलोपटक गएको शुक्रबारदेखि युद्धविराम सुरु भएको थियो ।
बीबीसीबाट ।
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८० २२:१०
प्रतिक्रिया दिनुहोस्