site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आफिजको निर्णायक गोलमा धनगढीको लगातार दोस्रो जित

काठमाडौं । ओलावाले आफिजको निर्णायक गोलप्रेरित धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा लगातार दोस्रो जित निकालेको छ । आफिजले इन्जुरी समयमा निर्णायक गोल गरेपछि धनगढीले बुटवल लुम्बिनी एफसीविरुद्ध १–० को जित निकालेको हो ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हिजाजीले मैदानको मध्यभागबाट निकालेको बललाई ‘फस्र्ट टच’ मै आफिजले जालीको दिशा देखाउँदै धनगढीलाई अग्रतामा राखेका थिए ।

जितसँगै दुई खेलबाट ६ अंक जोडेको धनगढी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लगातार दोस्रो हार बेहोरेको बुटवल लुम्बिनी भने तालिकाको पुछारमा छ ।

खेलमा दुवै टिमले आधा दर्जन अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् ।

१९औँ मिनेटमा बुटवलका एरिक बिष्टको फ्रिकिकलाई धनगढीका गोलकिपर मोहम्मद ताहाले मुश्किलले जोगाए । धनगढीका आशिष चौधरीले जिलेश्पीजंग कार्कीलाई लडाएपछि १८ यार्ड बक्सको राइट साइडबाट बुटवलले फ्रिकिकको अवसर पाएको थियो ।

जसमा एरिकको प्रहार ताहाले जोगाए । सोही रिबाउन्डमा धनगढीका अभिषेक गुरुङले आफ्ना साथी खोज्ने प्रयास गरेपछि बुटवलका सरोज तामाङले बल जित्दै गरेको डिफ्लेक्ट हुँदै पेनाल्टी बक्सबाहिर पुगेपछि धनगढीको खतरा टरेको थियो ।

२५औँ मिनेटमा धनगढीका अहमद हिजाजीले गरेको प्रहार पोस्टमा लागेर फर्कियो । आशिष चौधरीले लेफ्ट साइटबाट निकालेको कट पासलाई ताहाले पहिलो टचमै प्रहार गरेपछि ‘फस्र्ट बार’ मा लागेर बाहिरिएपछि धनगढी अग्रता लिनबाट चुकेको थियो ।

३६औँ मिनेटमा एरिक बिष्टको कर्नरमा जिलेश्पीले गरेको हेडर धनगढीका अभिषेक गुरुङले गोललाइनबाट क्लियर गरेपछि बुटवल पुनः अग्रता लिनबाट विमुख भएको थियो । रिबाउन्डमा सेर्जे सङको प्रहार धनगढीका कप्तान देवेन्द्र तामाङबाट डिफ्लेक्ट भयो ।

सोही समयको काउन्टरमा धनगढीले मौका बनाए पछि अभिषेक गुरुङको ‘फ्रि हेडर’ ले दिशा लिन सकेन । आशिष चौधरीले राइट साइडबाट बल अघि बढाउँदै फरवार्ड हिजाजीलाई खोजेका थिए । हिजाजीले क्रस निकाले पनि पेनाल्टी बक्सभित्र अनमार्क रहेको अभिषेकको हेडर पोस्टभन्दा बाहिरबाट हुँइकियो ।

४०औँ मिनेटमा बुटवलका सङले १८ यार्ड बक्सभित्रबाट गरेको प्रहार धनगढीका गोलकिपर मोहम्मद ताहाले मुश्किलले जोगाउँदै खतरा टारे ।

५२औँ मिनेटमा गोलकिपर ताहाले बुटवलको अग्रता लिने अवसरलाई टारे । सरोज तामाङले राइट साइडबाट गरेको क्रस नियन्त्रणमा लिँदै जिलेश्पीले गरेको प्रहार बाहिर फ्याकेका थिए ।

७१औँ मिनेटमा बुटवलले अग्रताको सुनौलो मौका खेर फाल्यो । राइट साइडबाट आशिष लामाले काउन्टरमा अघि बढाउँदै पेनाल्टी बक्सबाहिरबाट क्रस गरेपछि बक्सभित्र अनमार्क रहेका स्टेफन बिनोङ र निराजन धामीले नभेट्टाउँदा पोस्ट नजिकैबाट बल बाहिरियो ।

७४औँ मिनेटमा धनगढीका ओलावाले आफिजले अवसर सदुपयोग गर्न सकेनन् । पेनाल्टी बक्सबाहिरबाट आफिजले गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिँदा बुटवलको खतरा टरेको हो ।

खेलको अन्तिम मिनेटमा बुटवलले पुनः सुन्दर अवसर खेर फाल्यो । बक्सभित्रका आशिष लामाको प्रहार पोस्ट नजिकैबाट बाहिरिएपछि बुटवलले अग्रता बनाउन सकेन ।

इन्जरी समयमा धनगढीका ओलावाले आफिजले अवसर खेर फाले । निशान लिम्बुले निकालेको बल ‘फर्स्ट टच’ मै प्रहार गरेपछि बुटवलका गोलकिपरले उत्कृष्ट बचाए ।

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro