site stats
बाह्रखरी :: Baahrakhari
देश
ढोकाको ताल्चा फोरेर चोर्ने र चोरीको पैसा साट्नेसहित चारजना पक्राउ

काठमाडौं । ललितपुर प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार कार्तिक १२ गतेदेखि कार्तिक २१ गतेसम्मको अवधिमा ललितपुर महानगरपालिका–२५ मा पर्ने सैंबु आवास भैसेपाटीमा डा. फाहद आलमको घरमा चोरी भएको थियो । घरमा कोही नभएका बेला ढोकाको ताल्चा फोरेर अमेरिकी डलर, सुनको औँठी. म्याकबुक, ल्यापटपसहित चोरी भएको थियो ।

Argakhachi Cement Island Ad

घोजतलासका क्रममा प्रहरीले ललितपुर महानगरपालिका–१८ विनायक कोलोनी भैसेपाटी बस्ने २३ वर्षीय सविन रोका, काठमाडौंको नागार्जुन नगरपालिका–८ भिमढुङ्गा घर भई पुल्चोक बस्ने २७ वर्षीय मनोज नेपाली, मकवानपुरको वाग्मती गाउँपालिका–१ बन्जरेस्थित दिदीको घरमा २० वर्षीय राजु तामाङ भन्ने राजु भोलन र रामेछापको गोठगाउँ गाउँपालिका–७ गोठगाउँ घर भई भक्तपुरको सुर्यविनायक बस्ने ३९ वर्षीय उमेश श्रेष्ठ रहेका छन् ।

उनीहरूमध्ये दुई जनालाई प्रहरीले मतियार बनाएको छ । प्रहरीले चोरीको अमेरिकी डलर सटही गरेर कसुरदारलाई सहजीकरण गरिदिएको आरोपमा मनोज नेपाली र उमेश श्रेष्ठलाई मतियार बनाएको हो । मनोजले ६०० डलर र उमेशले १,५०० डलर साँटिदिएको प्रहरीले जनाएको छ ।

 

उनीहरूको साथबाट प्रहरीले ल्यापटप, मोबाइलसहित विभिन्न सामान बरामद गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १७:४४
प्रतिक्रिया दिनुहोस्