site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बाइकर्स क्याफे : भ्लगरलाई ‘हल अफ फेम’ र राइडरलाई आत्मीयता

काठमाडौं । बाइक उत्साही र राइडर्सका लागि काठमाडौंको नक्सालमा ‘बाइकर्स क्याफे’ सञ्चालनमा आएको छ । 

क्याफेले इन्फ्लुएन्सर र भ्लगरका तस्बिरहरु सम्मानसहित ‘हल अफ फेम’मा राखेको छ । अर्कातिर अन्य राइडरका एडभेन्चरस राइडका फोटोहरु राखिएको छ । क्याफेको भित्तामा बाइक उत्साहीलाई लोभ्याउने आर्कषक डिजाइन कोरिएको छ ।

bcafe-1701345132.JPG

क्याफेमा प्रिमियम बाइकहरु, एक्सेसरिज, राइडिङ गियरलगायत पनि राखिएको छ । राइडर्स र अन्यलाई पनि एक नयाँ किसिमको ‘भाइब’ दिने क्याफेमा कफी पिउँदै राइड प्लान गर्ने, राइडर कम्युनिटीसँग घुलमिल हुने, राइडर भेटघाट गर्नेदेखि साथीहरुसँग ‘ह्यांग आउट’ गर्न सकिन्छ ।

bc12-1701345131.JPG

Global Ime bank

बाइकर्स क्याफे गोल्छा ग्रुपले सञ्चालनमा ल्याएको हो ।

bc13-1701345131.JPG

“ग्राहकसँग हाम्रो भेट सोरुममा र वर्कसपमा दुई पटक मात्रै हुन्छ । त्यो बीचको यात्राका बेला हामी कनेक्टेड छैनौं,” गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, “त्यो बीचमा धेरै कुरा हुन्छन् जसले हामी हाम्रो अनुभव निर्खान सक्छौं र ग्राहकलाई सपोर्ट गर्न सक्छौं । त्यसै सोचमा हामीले एउटा मोटरसाइकल सोरुम र कफी सपलाई जोडेका हौं ।” 

bc14-1701345131.JPG

क्याफेमा ग्राहक आएर ह्यांगआउट पनि गर्नसकुन र हाम्रा प्रिमियम मोटरसाइकलको पनि सेल्सपोइन्ट होस् भन्ने अपेक्षा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाको छ । “हामीले बजाजको एनएस सिरिज, एन सिरिज र डोमिनार सिरिज राखेका छौं, केटीएमको पुरै रेन्ज राखेका छौं । भविष्यमा कुनै ठूला मोटरसाइकल आए पनि यहाँ डिस्प्ले हुन्छ,” अभिमन्यु गोल्छाले भने ।

abhimanyo-golchha-1701345128.JPG

उनले अघि भने, “हाम्रो सोच कस्टुमरका लागि मोटरसाइकलदेखि यसका एक्सेसरिज, हेलमेट, राइडिङ ज्याकेटलगायत राइडिङ गियरसबै एउटै ठाउँमा पाइने ‘वन स्टप’ सोलुसन बनाउने भन्ने हो । त्यही सोचले हामीले राइडर्स क्याफे सञ्चालनमा ल्याएका हौं ।”

bc16-1701345132.JPG

हाल नेपालमा रहेका राइडिङ कम्युनिटीलाई एउटै छाना मुनी मोटरसाइकलकै एटमसफियर दिएर भेटघाटको स्थान बनाउँने लक्ष्य पनि बाइकर्स क्याफेको छ ।

“हामीले यहाँ राइडर्सहरुको फोटो राखेका छौं । पल्सर एभेन्चर, केटीएमको लोमान्थाङ राइडदेखि लिएर डोमिनारको राइडको फोटो हामीले देखाउँन खोजेका छौं,” उनले भने,“नेपालमा जतिपनि इन्फ्लुएन्सर छन्, भ्लगर छन् उनीहरुको पनि हामीले फोटो राखेका छौं । उहाँहरु आउने बेला साइन गरिराख्नु भएको छ । यहाँ उहाँहरुको सम्मान भइरहेको छ ।”

bc17-1701345132.JPG

राइडरका लागि विशेष सुविधा

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले बाइकर्सका लागि एउटा विशेष मेम्बरसिप ल्याइरहेको बताएका छन् । त्यसबाट उनीहरुले ‘स्पेसल अफर र स्पेसल प्रमोसन’ पाउन सक्ने उनले बताए ।

bc18-1701345132.JPG

“हामीले बाइकर्सका लागि एउटा मेम्बरसिप ल्याइरहेका जुन आउँदो वर्षको जनवरीतिर रोलआउट हुन्छ । त्यसपछि उहाँहरुलाई स्पेसल अफर र प्रमोसनसँगै राइडमा जाँदा कसरी हुन्छ मद्दत गर्ने, सपोर्टगर्नेमा हामी फोकस हुन्छौं,” उनले भने । 

bc19-1701345132.JPG

उनले मोटरसाइकल उत्साहीलाई एकपल्ट क्याफेमा आउनसमेत आग्रह गरे ।

bc15-1701345131.JPG

भन्छन्, “तपाईं मोटरसाइकल उत्साही हो भने एक पटक आउनु होला । चेकआउट गर्नुहोला र एक यहाँ भएको सबै फेसिलेटी हेर्नुहोला । मलाइ लाग्छ जुन यहाँको डिजाइन छ, फिल छ त्यो मोटरसाइकल राइडरलाई मन पर्नेछ ।”

bc6-1701345130.JPG

उनले क्याफेमा कफी–खाजा खाँदै काम गर्न सकिने को–वर्किङ स्पेससमेत उपलब्ध रहेको बताएका छन् ।

bc8-1701345130.JPG

bc9-1701345130.JPG

bc10-1701345130.JPG

bc11-1701345130.JPG

bc2-1701345129.JPG

bc3-1701345129.JPG

bc4-1701345129.JPG

bc5-1701345129.JPG

b20-1701345128.JPG

bc1-1701345128.JPG

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu