site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अन्तर्राष्ट्रियस्तरका व्यापार मेलाका निम्ति तत्काल प्रदर्शनीस्थल बनाउन माग

काठमाडौं । व्यवसायीले अन्तर्राष्ट्रियस्तरका व्यापार मेला आयोजना गर्ने स्तरीय प्रदर्शनीस्थल तत्काल बनाउन सरकारसँग माग गरेका छन् । बिहीबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको नवौँ अन्तर्राष्ट्रिय व्यापार मेलामा व्यवसायीले यस्तो माग गरेका हुन् ।

नेपालमा अन्तर्राष्ट्रियस्तरको व्यापार मेला आयोजना गर्ने स्तरीय प्रदर्शनीस्थल नभएकाले विभिन्न समस्या भोग्नुपरेको उनीहरूले बताए । सरकारसँग विगत लामो समयदेखि सो माग गर्दै आए पनि प्रतिबद्धताअनुसार अहिलेसम्म काम नगरिएको व्यवसायीले गुनासो गरे ।

Dabur Nepal
NIC Asia

उनीहरूले सरकारले स्तरीय प्रदर्शनीस्थल नबनाए निजी क्षेत्र आफैँ बनाउन सक्षम रहेको उल्लेख गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले नेपालमा स्तरीय प्रदर्शनस्थल नहुँदा मेला–महोत्सव आयोजनाका क्रममा धेरै समस्या भोग्नुपरेको गुनासो गरे । उनले व्यापार मेला गर्ने स्तरीय प्रदर्शनीस्थल बनाउन बारम्बार सरकारसँग माग गरिए पनि अहिलेसम्म सुनुवाइ नभएको उल्लेख गरे ।

भारत र चीनसँगको व्यापार घाटा नेपालका निम्ति टाउको दुखाइ बनेको उनले बताए । उनले नेपालले निर्यात बढाउनुको विकल्प नभएकामा जोड दिए । निर्यात बढाउन अन्तर्राष्ट्रिय व्यापार मेलाहरू हुन आवश्यक रहेको उनले औँल्याए ।

महासंघका पूर्वअध्यक्ष चण्डराज ढकालले पनि नेपालमा व्यापार मेलाहरूलाई स्थिर रूपमा अगाडि बढाउन स्थायी प्रदर्शनी भवन आवश्यक रहेको बताए । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले स्तरीय प्रदर्शनीस्थल बनाउन सरकारले काठमाडौंको सेतोपुलमा नौ रोपनी र चोभारमा जमिन तयार पारेको जानकारी दिए । निजी क्षेत्रसँग चाँडै छलफल गरेर दुईमध्ये कुन स्थानमा बनाउने विषय टुंगो लगाइने उनले बताए ।

महासंघले भृकुटीमण्डपमा आयोजना गरेको अन्तर्राष्ट्रिय व्यापार मेला पाँच दिनसम्म चल्नेछ । मेलामा नेपाली मौलिक उत्पादनसहित भारत, चीन, बंलादेशमा बनाइएका सामग्रीको समेत स्टल राखिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १६:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro