site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपाल एयरलाइन्सको लापरबाही : विमानस्थल पुगेका यात्रुलाई अलपत्र पारेर प्रधानमन्त्री लिएर उड्यो 

काठमाडौं । नेपाल एयरलाइन्सले बुधबार बेलुका टिकट लिएर विमानस्थल पुगेका यात्रुलाई अलपत्र पारेर प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टिमलाई लिएर उडेको छ । 

निगमले प्रधानमन्त्री दाहालसहितको टिमलाई लैजानको लागि यात्रुलाई अलपत्र पारेको हो ।  नेपाल एयरलाइन्सको बुधबार राति ११ः३० मा काठमाडौं–दुबई उडान थियो ।  सोहीअनुसार यात्रुहरु विमानस्थल पुगेका थिए ।  

निर्धारित समयमा यात्रुहरु ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिसेकेका थिए ।  त्यहाँ गएपछि उनीहरुलाई थाहा भयो । नियमित उडान समयभन्दा दुई घण्टा अघि सारेर प्रधानमन्त्रीलाई लिएर जहाज दुवई उड्यो ।

Dabur Nepal
NIC Asia

८ः३० बजेसम्म ३१ जना यात्रुहरु बोर्डिङ पास कक्षमा पुगेको थिए ।  यात्रुमध्ये प्रज्वल विक्रम राणा कोप–२८ मा भाग लिन दुबई जाँदै थिए । उनी पनि बोर्डिङ पासको लागि ८ः३० मा एयरपोर्ट पगिसकेका थिए ।

राना बोर्डिङ पासको लागि सेक्युरिटी चेक गरेर भित्र पसे ।  सेक्युरिटी चेकिङ पनि अरु दिनको तुलनामा कडा थियो । उनले त्यहाँ सोधे पनि– जवाफ आयो, भीभीआईपीको सवार छ । उनीसहित ३१ जनाको टिकट हातमै थियो । जुन टिकटमा फ्लाइट समय साढे ११ बजे राखिएको थियो ।

उनीहरुले कर्मचारीसँग सोधे । त्यहाँको कर्मचारीले फ्लाइट दुई घण्टा अघि सारेको जानकारी दिए ।  “त्यतिमात्र नभएर फ्लाइट सारिएको बारेमा सबैलाई सूचना गरेका थियौं,” भन्दै कर्मचारीले जवाफ दिए । जबकि ३१ जनामध्ये एक जनालाई पनि फ्लाईटको विषयमा कुनै पनि सूचना आएको थिएन । उनीहरु अक्कबक्क परे ।

उनीहरुले चित्तबुझ्दो जवाफ नपाएपछि पुनः यस्तो कसरी हुन्छ ? भन्दै प्रश्न गरे ।  “एकछिन ड्युटी अफिस आउने र सबै कुरा उहाँहरुबाट नै सोध्नु होला,” उनलाई जवाफ आएको थियो । ड्युटी अफिसर एक घण्टा ढिला आएर माथिको आदेशानुसार काम भएकाले केही भन्न नमिल्ने जवाफ फर्काएका थिए ।

राति विमानस्थल पुगेका ३१ जना यात्रुलाई अहिले काठमाडौंको एक होटलमा राखिएको छ । नेपाल एयरलाइन्सले भने आफूले पहिले नै यात्रुलाई खबर गरेको दाबी गरेको छ ।

एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले बाह्रखरीसँग कुरा गर्दै भने, “हामीले सबै यात्रुलाई जानकारी गराएका थियौँ । उनीहरु किन छुटे भन्ने जानकारी पाउन सकेनौँ । छुटेका यात्रुहरुलाई अरु विमानबाट पठाउनेछौँ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १०:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro