site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वर्णिम बने रास्वपाको उपसभापति, डीपी अर्यालपछिको वरीयता
फाइल तस्बिर।
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थविद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ ।

महोत्तरीको गौशालामा सोमबारदेखि बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले डा. वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको हो ।

डा. वाग्लेलाई कायम रहेका अर्का उपसभापति डीपी अर्यालपछिको वरीयता तोकिएको छ । गत वैशाखको उपचुनावअघि रास्वपा प्रवेश गरेका वाग्ले त्यसअघि नेपाली कांग्रेसमा आवद्ध थिए ।

कांग्रेसले संघीय निर्वाचनमा टिकट नदिएपछि असन्तुष्ट रहेका डा. वाग्ले रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि खाली भएको तनहुँ निर्वाचन क्षेत्र नम्बर–१ मा रास्वपाबाट चुनाव लडी सांसद निर्वाचित भएका थिए ।

उनले रास्वपा प्रवेशसँगै महत्वपूर्ण जिम्मेवारी पाउने आश्वासन पाएका बताइएको थियो । त्यसअनुरुप सभापति लामिछानेले उपसभापति पदको जिम्मेवारी उनलाई दिएका हुन् ।

विश्व बैकको जागिर छोडेर नेपाल आएपछि कांग्रेस सरकारको पालामा राष्ट्रिय योजना आयोगको उपाध्यक्षसम्म भएका डा. वाग्ले निर्वाचनमा टिकट दिने आश्वासन दिएर पनि टिकट नपाएपछि उपचुनावमा रास्वपा पुगेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १८:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro