site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नक्कली भुटानी शरणार्थी प्रकरण : उच्च अदालतमा बिहीबार जवाफी बहस हुने
फाइल तस्बिर।

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमाथिको सुनुवाइमा आज सरकारी वकिलले बहस गरेका छन् ।

उच्च अदालत पाटनमा गतहप्तादेखि सुरु भएको सुनुवाइमा बुधबार तीनजना सरकारी वकिलको बहस सकेर हेर्दाहेर्दैमा राखिएको छ । भोलि बिहीबार सरकारी वकिलको बहस सकिएपछि प्रतिवादीहरु (निवेदक)का कानुन व्यवसायीले जवाफी बहस गर्ने पाटन उच्च अदालतका उपरजिष्ट्रार तथा प्रवक्ता तिर्थराज घिमिरेले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

अहिलेकै प्रक्रियामा बहस अघि बढेमा शुक्रबार फैसला आउन सक्ने आकलन गरिएको उनले जानकारी दिए ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन नेपाल सरकारका मन्त्री र उच्च सरकारी कर्मचारीसमेत संलग्न भएको भन्दै मुद्दा चलेपछि गत असार १ गते काठमाडौं जिल्ला अदालतले दुईजनाबाहेक सबै अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।

थुनामा परेका बालकृष्ण खाँण, टोपबहादुर रायमाझीसहितका व्यक्तिले थुनछेक आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन गरेका हुन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १८:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro