site stats
बाह्रखरी :: Baahrakhari
खेल
दोस्रो एनटीए लिग तेक्वान्दो प्रतियोगिता बिहीबारदेखि

काठमाडौं । नेपाल तेक्वान्दो संघको आयोजनामा दोस्रो एनटीए लिग तेक्वान्दो प्रतियोगिता बिहीबारदेखि ललितपुरमा सुरु हुने भएको छ ।

संघले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै मंसिर १४ गतेदेखि १६ गतेसम्म दोस्रो एनटीए लिग तेक्वान्दो प्रतियोगिता गरिने जानकारी गराएको हो ।

प्रतियोगितामा पुम्से र ग्यरोगीतर्फ गरी ७२ स्वर्णपदकका लागि जम्मा ६५० खेलाडीले सहभागिता जनाउने संघका उपाध्यक्ष भानबहादुर चन्दले जनाए ।

प्रतियोगिताबाट खेलाडीको राष्ट्रिय वरियताक्रम मापन गरी सोहीबमोजिम स्तर र वर्गीकरण गरिने उनले बताए । प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र देशभरका खेलाडीहरुको सहभागिता रहने चन्दले जनाए ।

Global Ime bank

खेलहरु ललितपुरको सातदोबाटोस्थित तेक्वान्दो संघको केन्द्रीय एकेडेमी भवनमा सञ्चालन हुने संघले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १५:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu