site stats
बाह्रखरी :: Baahrakhari
कला
अदिति बुढाथोकी भन्छिन्– एआईको प्रयोग गरेर मेरो चरित्रहत्या गर्ने प्रयास भयो    

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई)को प्रयोग गरेर आफ्नो अपमान तथा चरित्रहत्या गर्ने प्रयास भएको अभिनेत्री तथा मोडल अदिति बुढाथोकीले बताएकी छन् । आफूले पटकपटक यसलाई रोक्ने प्रयास गर्दा पनि नसकेको उनले बताएकी छन् । 

सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत अदितिले एआईको प्रयोगमार्फत आफूलाई तल देखाउने प्रयास गरिएको भन्दै यसले स्तब्ध भएको बताएकी छन् । 

Argakhachi Cement Island Ad

नक्कली स्न्यापच्याट खाताहरूमार्फत आफ्नो प्रतिष्ठा गिराउने काम तस्बिर र भिडियोमार्फत भइरहेको उनको भनाइ छ ।

आफ्नो नाममा थुप्रै नक्कली आइडी खोलिएको भन्दै अदितिले आफ्नो सक्कली आइडीलाई मात्रै फलो गर्न र विश्वास गर्न आग्रह गरेकी छन् । 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १३:५२
प्रतिक्रिया दिनुहोस्