site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भूकम्पपीडितलाई निर्वाचन आयोगले आर्थिक सहयोग उपलब्ध गराउने

काठमाडौं । निर्वाचन आयोगले भूकम्पपीडितलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

आज गरेको निर्णय बमोजिम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय भएको आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूबाट सात दिनको पारिश्रमिक तथा प्रदेश र जिल्ला निर्वाचन कार्यालयहरूका कर्मचारीहरूमध्ये सचिव र सहसचिवहरूबाट तीन दिनको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको हो । 

त्यस्तै, उपसचिव र शाखा अधिकृतहरूबाट दुई दिन र सोभन्दा तलका कर्मचारीहरूबाट एक दिन बराबरको पारिश्रमिक भूकम्पपीडितका लागि सहयोग गर्ने जनाएको छ । जाजरकोट केन्द्रविन्दु भएर गत कात्तिक १७ गते भूकम्प गएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १३:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro