site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युद्धविराम सम्झौता : हमासले थप १२ र इजरायलद्वारा ३० बन्दी रिहा 

काठमाडौं । हमास र इजरायलबीच भएको युद्धविराम सम्झौताअन्तर्गत थप बन्दी रिहा भएका छन् । 

हमासले बुधबार १० जना इजरायली र दुई थाई नागरिक गरी १२ जनालाई रिहा गरेको हो ।

यस्तै, इजरायलले थप ३० प्यालेस्टाइनी नागरिकलाई रिहा गरेको छ ।

इजरायल र हमासबीचको अस्थायी युद्धविराम सोमबार ४८ घण्टाका लागि लम्बिएको थियो ।

हमासले अक्टोबर ७ मा गरेको आक्रमणमा १२ सय मानिस मारिएका थिए । हमासले २४० जनालाई बन्धक बनाएर गाजामा लगेको बताइएको छ ।

त्यसको बदलामा इजरायलले गरेको आक्रमणमा गाजामा १५ हजारभन्दा बढी मानिस मारिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गाजाका प्यालेस्टाइनीहरूले इजरायल–हमासबीचको युद्धविराम अझै लम्बिने अपेक्षा गरेका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  ११:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro