site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
‘केपी ओली कप राष्ट्रिय क्रिकेट’को सेमिफाइनल समीकरण पूरा
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

कास्की । पोखरामा जारी ‘केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

पोखरा रङ्गशालामा आजको दोस्रो खेलमा विभागीय टोली नेपाल आर्मी विजयी भएसँगै प्रतियोगिताको सेमिफाइनल खेल्ने चार टोलीको टुङ्गो लागेको हो ।

भिम सार्की र सन्तोष कार्कीको अर्धशतकीय पारिमा आर्मीले कोसी प्रदेशलाई ३९ रनले पराजित गरेर अन्तिम चारको यात्रा पक्का गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलमा टस जितेर सुरुआती ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८६ रन बनायो । आर्मीका लागि सुरुआती ब्याट्सम्यान कार्की र सार्कीले अर्धशतकीय पारी खेलेका थिए ।

बलिङतर्फ कोसी प्रदेशका सर्वण यादवले सर्वाधिक तीन विकेट लिन सफल भए । कमल खत्रीले दुई तथा प्रकाश कार्की र सोनु मण्डलले समान एक÷एक विकेट लिए ।

Global Ime bank

जितका लागि १८७ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको कोसी प्रदेश १८ दशमलव दुई ओभरमा १४७ रनमा समेटियो । कोसीका लागि सोनु अन्सरीले सर्वाधिक ४४ रन बनाए । यसै गरी समीर कार्कीले ३४, सुजन थपलियाले २१ र मनिश थापाले १६ रनको योगदान दिए ।

आजको पहिलो खेलमा सुदूरपश्चिमले प्रदेशले राष्ट्रिय खेलाडीले भरिएको नेपाल पुलिस क्लबलाई चार विकेटले पराजित गरेको थियो । पुलिसले दिएको १५९ रनको लक्ष्यलाई सुदूरले १८ दशमलव दुई ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो ।

सुदूरले पुलिसलाई अन्तिम खेलमा पराजित गरे पनि सेमिफाइलन पुग्न भने सकेन । नेट रनरेटको आधारमा मधेस प्रदेश सेमिफाइनल पुग्ने भाग्यमानी टोली बन्यो । आर्मी समूह ‘डी’मा चार अङ्क बटुल्दै शीर्ष स्थानमा रहन सफल भयो ।

समूह ‘ए’मा चार अङ्क बटुलेको वाग्मती प्रदेश, समूह ‘बी’मा दुई अङ्कका साथ एपीएफ क्लब र समूह ‘सी’मा दुई अङ्कका साथ मधेस प्रदेशले अन्तिम चारको यात्रा तय गरेका गरेका हुन् ।

सेमिफाइनलको पहिलो खेल बिहीबार आर्मी र वाग्मती प्रदेश तथा तथा दोस्रो खेल एपीएफ क्लब र मधेस प्रदेशका बीच हुने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष धुव्र आचार्यले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ ।

यही मङ्सिर ७ गतेदेखि सञ्चालन भएको प्रतियोगिता मङ्सिर १५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको च्याम्पियन टोलीले रु पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । उपविजेता टोलीले रु दुई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद रु ३० हजार, ‘बेस्ट बलर’ले रु २० हजार पुरस्कार पाउने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  २३:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement