site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘व्यापारी सांसद’ लाई बैठकभन्दा व्यापार प्यारो !  सदनमा उपस्थिति नै कम, गएका दिनमा पनि ‘हाटा’
Sarbottam CementSarbottam Cement

काठमाडौं । विनोद चौधरी फोर्ब्समा अर्बपतिको लहरमा सूचीकृत एकमात्र नेपाली व्यवसायी हुन् ।

उनी अर्बपतिको सूचीमा लामो समयदेखि निरन्तर सूचीकृत छन् । 

चौधरी उद्योगी व्यापारीमात्रै होइनन् उनी प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका निर्वाचित सांसद पनि हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले संसद्को बैठकमा उठाउने एजेन्डा मुलुकको आर्थिक समृद्धिका लागि महत्त्वपूर्ण मानिन्छ । तर, उनै सांसद चौधरी संसद्मा उपस्थित नहुने सांसदमध्येमा पर्छन् ।

संसद्को पछिल्लो अधिवेशनका हाजिरी पल्टाएर हेर्दा उनीसहित व्यापार÷व्यवसायमा संलग्न सांसदको उपस्थिति निराशाजनक देखिन्छ ।

Global Ime bank

चौधरीले गत संसदीय चुनावमा जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीलाई पराजित गर्दै संसद्मा प्रतिनिधित्व गरेका हुन् । त्रिपाठी संसदीय राजनीतिका एक खेलाडी थिए, जसले नवलपरासीको चुनावमा पकड जमाएका थिए । पहिलो चोटि चुनावमा होमिएका चौधरीले त्रिपाठीलाई किनारा लगाउन सफल भएका थिए ।

हुन त, यसअघि पनि दुईपल्ट समानुपातिक तर्फबाट उनी प्रतिनिधिसभा सदस्य भइसकेका छन् । एकपल्ट नेकपा एमालेबाट भने दोस्रोपल्ट कांग्रेसबाट । चौधरी मातहत डेढ सय बढी कम्पनी सञ्चालनमा छन् । विदेशका कैयौँ देशमा पनि उनको साम्राज्य फैलिएको छ । 

वैशाखदेखि कात्तिकसम्म ६१ दिन बसेको प्रतिनिधिसभा बैठकका ६४ बैठक भए । त्यसमध्ये उनी वैशाखमा चार दिनमात्रै उपस्थित भए । जेठमा ५ दिन सदनको दैलो टेकेका उनले असारमा ९ र साउनमा ३ दिन सदन बैठकमा उपस्थिति जनाएको हाजिरी तथ्यांकले देखाउँछ । 

यस्तै भदौमा दुई र कात्तिकमा १ दिन सदन गएका उनी असोजमा भने कुनै पनि सदन गएनन् ।

चौधरीमात्रै होइनन् व्यापारिक पृष्ठभूमि भएका सांसदलाई संसद्को बैठकसम्म पुग्नै समय छैन । पुगेका दिनमा पनि ‘हाजिरी गरेर टाप कस्ने’ प्रचलन देखिएको सचिवालयका एक कर्मचारी बताउँछन् ।

संसदीय समितिमा समेत त्यही अवस्था देखिएको सभापति रामहरि खतिवडा बताउँछन् ।

“सदनमा त फोन गरी सांसदलाई बोलाएर विधेयक पास गरेको अवस्था छ,” उनले बाह्रखरीसँग कुरा गर्दै भने, “संसदीय समितिको अवस्था पनि त्यस्तै छ । महत्त्वपूर्ण विषयमा छलफल गर्न बैठक बोलायो कोरम नै पुग्दैन ।”

समितिको सभापतिमै दाबी गरेका कैयौैं सांसदहरू बैठकमै उपस्थित नभएको उनको गुनासो छ । खतिवडाको जस्तै गुनासो अन्य समितिका सभापतिको पनि छ । जसले सोमबार सभामुख देवराज घिमिरेसँग यस्तै गुनासो राखेका थिए ।

उनीहरुले सांसद उपस्थित नहुँदा बैठक चलाउनै नसकिएको गुनासो गरेपछि सभामुखले प्रमुख सचेतकमार्फत् बाहिर रहेका सांसदहरु बोलाउन निर्देशन दिनुपरेको थियो ।

२०८० वैशाखदेखि कात्तिकसम्म चलेका संसद्को बैठकको हाजिरी हेर्दा व्यापारमा व्यस्त सांसदहरुको उपस्थिति कम देखिन्छ । हेरौँ न त अन्य उदाहरण–

धनबहादुुर बूढा नेकपा एसबाट निर्वाचित सांसद हुन् ।  उनी सांसदमात्रै होइन निर्माण व्यवसायी पनि हुन् ।  डोल्पामा एमालेलाई पराजित गर्दै नेकपा एसबाट बूढा निर्वाचित भएका थिए । उनी हिमाली निर्माण सेवाका सञ्चालक हुन् । 

वैशाखमा तीन दिन अनुपस्थित देखिएका बुढा जेठमा १७ दिन अनुपस्थित छन् । असारमा ६ दिन संसद् बैठकमै उपस्थित भएको देखिँदैन । साउनमा पाँच दिन चलेको बैठकमा उनी दुई दिनमात्रै उपस्थित भएका छन् । भदौमा भदौमा तीन दिन अनुपस्थित रहेका छन् । सात दिन चलेको थियो ।

असोजमा पनि उनको अवस्था त्यस्तै छ । आठ दिन चलेको बैठकमा तीन दिन अनुपस्थित छन् । कात्तिकमा पनि एक दिन उनी अनुपस्थित छन् ।

योगेश गौचन थकाली मुस्ताङबाट निर्वाचित सांसद हुन् । सानो उमेरमा निर्वाचित उनी विभिन्न व्यवसायमा व्यस्त छन् । उनी पर्यटन व्यवसायी हुन् । गौचन होटल तथा ट्राभल्स कम्पनीका सञ्चालक हुन् । उनी वैशाखमा एक दिन पनि संसद्‌मा उपस्थित भएनन् । जेठमा तीन दिन अनुपस्थित भएका उनी असारमा १२ दिन अनुपस्थित रहेको हाजिरी विवरणमा उल्लेख छ ।

साउनमा पाँच दिन चलेको बैठकमा पाँचै दिन अनुपस्थित रहे । भदौमा सात दिन चलेको बैठकमा उनी एक दिनमात्रै उपस्थित रहेको देखिन्छ भने असोजमा आठ दिन चलेको बैठकमा उनी ६ दिन अनुपस्थित छन् ।
कात्तिकमा भने तीन दिनमा तीन दिन नै उपस्थित भएको विवरणले देखाउँछ । 

मोहन आचार्य, निर्माण व्यवसायी सांसद हुन् । उनी रसुवाबाट निर्वाचित हुन् । उनले एमाले उमेदवारलाई पराजित गरेका थिए । 

आचार्य रसुवा कन्ट्रक्सनका सञ्चालक हुन् । वैशाखमा सबै बैठकमा उपस्थित छन् । जेठमा पनि एक दिन असारमा १ दिन , साउनमा १ दिन अनुपस्थित छन् । भदौमा पनि एक दिन अनुपस्थित छन् । असोजमा पनि एक दिन अनुपस्थित भएको देखिन्छ ।

विक्रम पाण्डे निर्माण व्यवसायी पनि हुन् । उनी कालिका कन्ट्रक्सनका सञ्चालक हुन् । उनले माओवादी उमेदवारलाई पराजित गरेका थिए । वैशाखमा १ दिन अनुपस्थित रहेका उनी जेठमा भने चार दिन अनुपस्थित रहेका छन् ।

असार र साउनमा उनी एक एक दिन अनुपस्थित रहेका थिए ।

भदौमा एक दिन अनुपस्थित थिए । भदौमा सात दिन बैठक चलेको थियो ।   असोजमा चार दिन अनुपस्थित थिए । ८ दिनमात्रै बैठक चलेको थियो ।  कात्तिकमा तीन दिन चलेको थियो । तीन दिन नै हाजिर भएका छन् ।

कृष्णकुमार श्रेष्ठ पनि नेकपा एसका सांसद हुन् । 

उनी बारा ४ बाट निर्वाचित हुन् । उनको उद्योग, होटल, घरजग्गालगायतमा लगानी रहेको छ । उनी बैठकमा उपस्थित कम भएको विवरणले देखाउँछ ।

वैशाखमा एक दिन अनुपस्थित थिए भने जेठमा चार दिन अनुपस्थित देखिन्छन् । असारमा चार दिन अनुपस्थित श्रेष्ठ साउनमा पाँच दिन चलेको संसद् बैठकमा दुई दिन अनुपस्थित भएका छन् ।  भदौमा तीन दिन अनुपस्थित छन् भने असोजमा आठ दिन चलेको बैठकमा पाँच दिन अनुपस्थित छन् । 

कात्तिकमा तीनमा तीनै दिन उपस्थित भएको हाजिरी विवरणले देखाएको छ । 

वीरेन्द्रप्रसाद महतो पनि अर्का एक व्यवसायी सांसद हुन् । उनी हालका वन मन्त्रीसमेत हुन् । महतोले टेलिकम, बैंकलगायतका क्षेत्रमा लगानी गरेका छन् ।

उनको हाजिरी विवरणले पनि कम उपस्थित हुने सांसदको रुपमा देखाउँछ । वैशाखमा सबै बैठकमा उपस्थित भएका महतो जेठमा चार दिन अनुपस्थित छन् भने असारमा सात दिन अनुपस्थित रहेको हाजिरी विवरणले देखाउँछ । साउनमा पाँच दिन चलेको बैठकमा तीन दिन अनुपस्थित भएका छन् । उनी दुई दिनमात्रै सदन गएको हाजिरीबाट देखिन्छ । 

भदौमा सात दिनमा चार दिन अनुपस्थित भएका छन् । उनी तीन दिनमात्रै भदौमा उपस्थित भएका छन् । असोजमा आठ दिनसम्म चलेको बैठकमा उनी ६ दिन अनुपस्थित छन् ।  कात्तिकमा भने उनी तीनै दिन उपस्थित भएका छन् । 

पूर्णबहादुर तामाङ (कान्छाराम) पनि कांग्रेसका निर्वाचित सांसद हुन् । उनी निर्माण व्यवसायी पनि हुन् । एमाले उमेदवार कैलाशप्रसाद ढुंगेललाई पराजित गरेका उनको हाजिरी भने केही बढी देखिन्छ । 
वैशाखमा सबै बैठकमा उपस्थित भएका उनी जेठमा तीन दिन अनुपस्थित भएका छन् । 

असारमा एक दिन अनुपस्थित उनी साउनमा दुई दिन अनुपस्थित भएका छन् ।  भदौमा सातै दिन उपस्थित भएको हाजिरीमा उल्लेख छ भने असोजमा चार दिन अनुपस्थित छन् । कात्तिकमा एक दिन अनुपस्थित भएको विवरणले देखाउँछ । तीन दिनमात्रै सदन चलेको थियो । 

दिपक गिरी अर्का व्यवसायिक पृष्ठभूमि भएका सांसद हुन् । उनको राजनीतिक पृष्ठभूमि भए पनि लगानी क्रसर उद्योगमा रहेको छ । वैशाख र जेठमा उनी एक एक दिन अनुपस्थित देखिन्छन् । असारमा सबै दिनमा उपस्थित गिरी साउनमा पाँच दिन चलेको संसद्को बैठकमा पाँचै दिन अनुपस्थित छन् । 

भदौमा दुई दिन अनुपस्थित छन् भने असोजमा आठमा आठै दिन उपस्थित रहे । कात्तिकमा एक दिन अनुपस्थित रहेको विवरणले देखाएको छ । 

दीपक खड्का कांग्रेसबाट निर्वाचित सांसद हुन् ।  उनको रेष्टुरेन्ट, बैंक्वेट र व्यावसायिक फर्ममा लगानी छ । वैशाखमा सबै दिन उपस्थित भएका उनी जेठमा सात दिन अनुपस्थित रहे । असारमा तीन दिन र साउनमा एक दिन अनुपस्थित रहे ।

भदौमा सात दिनमा दुई दिन अनुपस्थित रहेका उनी असोजमा आठै दिन उपस्थित भएको विवरणले देखाउँछ । कात्तिकमा तीन दिनमा तीनै दिन उपस्थित । 

डा. सुनील शर्मा अर्का व्यवसाय सञ्चालन गरिरहेका सांसद हुन् । नोबेल मेडिकल कलेज, विराटनगर मेडिकल कलेज, काठमाडौं मेडिकल कलेजलगायतका सञ्चालक हुन् । वैशाखमा सबै बैठकमा उपस्थित भएका उनी जेठमा ११ दिन अनुपस्थित छन् । असारमा ६ र साउनमा दुई दिन अनुपस्थित रहेका छन् ।

भदौमा सात दिन चलेको संसद् बैठकमा उनी दुई दिन अनुपस्थित भएका छन् । त्यस्तै, असोजमा आठ दिनसम्म चलेको बैठकमा तीन दिन अनुपस्थित भएका छन् भने कात्तिकमा सदन जम्मा तीन दिन चलेको थियो । तीन दिन चलेको बैठकमा उनी तीनै दिन अनुपस्थित भए ।

भगवती चौधरी नेकपा एमालेकी नेतृ हुन् । कांग्रेसका विजयकुमार गच्छदारलाई पराजित गर्दै सांसद बनेकी उनी पनि व्यवसायमा व्यस्त सांसदमध्ये पर्छिन् । फरवार्ड लघुवित्त कम्पनीकी सञ्चालक रहेकी उनको सुनसरीमा पनि विभिन्न व्यवसाय रहेका छन् ।

वैशाखमा पूरै उपस्थित भएकी उनी जेठमा एक दिन असारमा ६ दिन अनुपस्थित भएकी छन् । भदौमा दुई दिन अनुपस्थित उनी असोजमा चार दिनसम्म अनुपस्थित भएकी छन् । कात्तिकमा तीनै दिन उपस्थित रहेको हाजिरीले देखाउँछ ।

प्रेमबहादुर आले पूर्वमन्त्री पनि हुन् । उनको घरजग्गा र काठ व्यवसायमा लगानी रहेको छ । वैशाखमा एक दिनमात्रै उपस्थित भएका छन् भने जेठमा १२ दिन अनुपस्थित भएको हाजिरीले देखाउँछ ।  असारमा चार दिन अनुपस्थित उनी साउनमा एक दिन अनुपस्थित भएका छन् भने भदौमा दुई दिन अनुपस्थित भएका छन् । भदौमा सात दिनसम्म सदन चलेको थियो ।

असोजमा आठ दिनमा चार दिन अनुपस्थित भएका छन् । कात्तिकमा एक दिन अनुपस्थित भएका छन् ।  जुलीकुमारी महतो महासेठ एमाले सांसद हुन् । उनको टेलिकममा लगानी रहेको छ । रघुबीर महासेठकी श्रीमती हुन् ।

वैशाखमा सबै उपस्थित भएकी उनी जेठमा पाँच दिन अनुपस्थित भएको विवरणले देखाउँछ ।  असारमा चार दिन अनुपस्थित भएकी छन् । साउनमा पाँचै दिन हाजिर भएकी छन् । भदौमा दुई दिन अनुपस्थित भएकी छन् । पाँच दिन भने उनी उपस्थित छन् ।

असोजमा पाँच दिन अनुपस्थित भएकी छन् । सो महिना जम्मा आठ दिन बैठक चलेको थियो । कात्तिकमा तीनमा तीन दिन नै उपस्थित भएकी छन् ।

लालप्रसाद साँवा लिम्बु पनि एमालेका सांसद हुन् । झापा ४ बाट निर्वाचित उनको पहिले म्यानपावर व्यवसायी थिए भने विभिन्न जलविद्युत्लगायतका क्षत्रेमा लगानी रहेको छ ।

उनी संसद्को बैठकमा वैशाखमा एक दिन पनि उपस्थित छैनन् ।  जेठमा नौ दिन अनुपस्थित भएका छन् भने असारमा तीन दिन अनुपस्थित भएका छन् । साउनमा पाँचै दिन उपस्थित भएको हाजिरीले देखाउँछ । भदौमा एक दिन अनुपस्थित रहेका उनी असोजमा तीन दिन अनुपस्थित रहेका छन् ।

कात्तिकमा एक दिन अनुपस्थित रहेको हाजिरी विवरणले देखाउँछ । 

संसद् सचिवालयका एक अधिकारीले सांसदहरुको अनुपस्थिति र बेवास्ताप्रति व्यङ्ग्य गर्दै भने– ‘‘यहाँभन्दा बाहिर फाइदा बढी भएर होला उहाँहरुको व्यवस्ता त्यतै देखिन्छ । समितिमा पनि त्यस्तै छ ।”

सांसदहरूको उपस्थिति र संसदीय समितिको अवस्था हेर्दा जनतालाई वितृष्णा जाग्नु स्वाभाविक भएको सभापित रामहरि खतिवडा बताउँछन् ।

“यो सुशासनप्रतिको प्रहार हो । आफ्नो ड्युटी सांसदले पनि पूरा गर्नुपर्छ,” उनले भने, “एकपल्ट पनि समितिको बैठकमा उपस्थित हुन नसकेका माननीयहरू पनि हुनुहुन्छ । बैठक राख्यो कोरम पुग्दैन । भ्रष्टाचार र अख्तियार सम्बन्धी विषयमा छलफल गर्नै सकिएन । आफ्ना कामहरु पहिला पूरा गरौँ । त्यसपछि आफ्नो व्यापार/व्यवसाय जे छ सम्हालौँ ।”

उनले संसद्मा जो अन्तिमसम्म बस्छ उसैले गाली खानुपर्ने अवस्था रहेको बताए । “हामी बसिरहेका हुन्छौँ, तर गाली पनि हामीले नै खाइरहेका हुन्छौँ,” उनले भने ।

नेकपा एमालेका सचेतक महेश वर्तौला भने जिल्ला र वैदेशिक भ्रमणमा जाँदा सांसदहरुको बैठक छुटेको बताउँछन् । निर्वाचन क्षेत्रका मतदातासँगको भेटघाट, विकास आयोजनाको अनुगमनका लागि पनि जाने गरेका हुनाले कतिपय सांसद चाहेर पनि सदनमा उपस्थित हुन नसकेको उनको टिप्पणी छ ।

उनका अनुसार, दिवंगत सांसद सुवास नेम्वाङले कहीँ जानुपर्दा दललाई पनि खबर गर्ने र सभामुखलाई पत्र लेखेर छाड्ने गरेका थिए । तर पछिल्लो समय कतिपय सांसदले पछिमात्रै खबर गर्ने गरेका छन् । उनका अनुसार, प्रमुख नेताहरुको व्यस्तता नै भए भएर संसद्को बैठकमा उपस्थित हुन नसकेका हुन् ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरी नियमावलीमा इमेलमार्फत पनि पनि विदाको सूचना पठाउन सकिने व्यवस्था भएको उल्लेख गर्दैै सचिवालयमा आएका बिदाको निवदेन आफूहरुले सभामुखकहाँ पठाइदिने गरेको बताउँछन् ।

संसद् सञ्चालन नियमावलीअनुसार १० बैठकभन्दा बढी भए सभाले नै अनुमोदन गर्नुपर्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय