site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
प्रदीप खड्का भन्छन्– नेपाललाई बलिउड प्रवेशमा अर्को मौका 
फाइल तस्बिर

काठमाडौं । अभिनेता प्रदीप खड्काले नेपाली चलचित्रलाई बलिउडमा प्रवेश गराउने अर्को मौका प्राप्त भएको बताएका छन् । चलचित्र ‘ऐरी’को घोषणापछि बाह्रखरीसँग उनले नेपाली चलचित्रलाई बलिउडमा प्रवेश गर्ने यो सुनौलो मौका प्राप्त हुने बताएका हुन् । 

चलचित्रका निर्माता भारतीय रहेकाले बलिउडमा ‘ऐरी’ चलाउन कठिन नहुने उनको भनाइ छ । “यो चलचित्रमा निर्माताहरू सबै भारतीय हुनुहुन्छ, त्यसैले यो सिनेमा भारतको ठूलो बजारमा नेपाली चलचित्र लैजाने यो उपयुक्त अवसर हुनेछ,” मुम्बइमा रहेका प्रदीप भन्छन्, “त्यसैले यो पटक कुनै व्यक्ति विशेषको भन्दा पनि नेपालको चलचित्र हो भनेर सबै मिलेर भारतीय बजारमा राम्रोसँग पुर्‍याउन साथ पाइयो भने नेपाली चलचित्र उद्योगकै लागि यो निकै राम्रो हुनेछ ।” 

‘ऐरी’मा कलाकारदेखि प्राविधिक सम्भव भएसम्म अधिकांश नेपाली नै रहने उनको भनाइ छ । “सकेसम्म कलाकारदेखि टेक्निसियनसम्म नेपाली नै राख्ने योजना छ,” उनले भने, “तर केही कलाकार बलिउडका पनि हुन सक्छन् । तर यो निश्चित भने भइसकेको छैन ।” 

Dabur Nepal
NIC Asia

चलचित्रको अधिकांश छायांकन नेपालमै हुने प्रदीपले जानकारी दिए । “नेपाली विषय नेपालमै खिचेर भारतमा हाम्रो नेपाली चलचित्र भनेर बलिउडमा लैजाऔँ भन्ने प्रयास हो,” उनले भने । 

‘ऐरी’ विषयप्रधानभन्दा पनि लार्जर देन लाइफ हुनेछ । 

प्रदीको यो पहिलो हिन्दी चलचित्र हो । आज सिनेमाको टाइटल घोषणा गर्दै प्रदीपको पहिलो हिन्दी चलचित्रबारे जानकारी दिइएको हो ।  

हिन्दीसहित विभिन्न भाषामा बन्ने चलचित्र बिग बजेटमा निर्माण गर्ने तयारी रहेको निर्माण पक्षले जनाएको छ । 

भारतीय सिनेमाका वितरक सुवास काले, प्रशान्त कुमार गुप्ता र राजव कुँवरको लगानी रहनेछ । चलचित्रलाई जीवन थापाले निर्देशन गर्दै छन् । 

चलचित्र आउँदो वर्ष रिलिज हुनेछ । निर्माण पक्षले प्रदीपको यो चलचित्रलाई उनको बलिउड प्रवेश भनेको छ । 

सुवास काले तिनै वितरक हुन्, जसले ‘प्रेम गीत–३’ भारतमा वितरण गरेका थिए । 

1-1701166691.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १६:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro