site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
प्रदीप खड्काको हिन्दी चलचित्र घोषणा

काठमाडौं । अभिनेता प्रदीप खड्काको पहिलाे हिन्दी चलचित्र निर्माणकाे घोषणा भएको छ । सिनेमाको टाइटल घोषणा गर्दै प्रदीपको पहिलाे हिन्दी चलचित्रबारे जानकारी दिइएको छ । 

चलचित्रको नाम ‘ऐरी’ राखिएको छ । हिन्दीसहित विभिन्न भाषामा बन्ने चलचित्र बिग बजेटमा निर्माण गर्ने तयारी रहेको निर्माण पक्षले जनाएको छ । 

Dabur Nepal
NIC Asia

भारतीय सिनेमाका वितरक सुवास काले, प्रशान्त कुमार गुप्ता र राजव कुँवरको लगानी रहनेछ । चलचित्रलाई जीवन थापाले निर्देशन गर्नेछन् । 

चलचित्र आउँदो वर्ष रिलिज हुनेछ । निर्माण पक्षले प्रदीपको यो चलचित्रलाई उनको बलिउड प्रवेश भनेको छ । 

सुवास काले तिनै वितरक हुन्, जसले ‘प्रेम गीत–३’ भारतमा वितरण गरेका थिए । 

यही चलचित्रका लागि प्रदीपले ‘प्रकाश’ यता कुनै पनि सिनेमामा काम गरेका थिएनन् । स्रोतका अनुसार उनलाई ‘प्रेम गीत–३’ भारतमा किन्ने निर्माता तथा वितरक सुभास कालेलगायतको कम्पनीले उनलाई ‘ऐरी’ निर्माणका लागि सम्झौता गरेको थियो । उक्त सम्झौतामा ‘ऐरी’ निर्माण तथा प्रदर्शन अगाडि अर्को ब्यानरको कुनै पनि चलचित्र नखेल्ने उल्लेख थियो । जसका कारण प्रदीपले ‘प्रकाश’ यता कुनै पनि चलचित्रमा काम गरेका थिएनन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १४:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro