site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘एनिमल’ले ५० करोडभन्दा माथि ओपनिङ गर्ने अनुमान
SkywellSkywell

काठमाडौं । बलिउड सिनेमा ‘एनिमल’को आक्रामक बुकिङ कायमै छ । भारतीय सञ्चारमाध्यम तथा बलिउड सिनेमाका ट्रेड एनलाइसिस्टहरूले ‘एनिमल’को आक्रामक बुकिङ भइरहेको जनाएका छन् ।

भारतका नेसनल चेन हलहरूमा ‘एनिमल’को टिकट लोभलाग्दो रूपमा बिक्री भइरहेको तथ्यांक ट्रेड एनलाइसिस्ट तरण आदर्शलगायतले हरेक दिन ‘अपडेट’ दिइरहेका छन् । 

KFC Island Ad
NIC Asia

‘एनिमल’को एड्भान्स टिकट बिक्री खुलेको २४ घण्टामा ३.४ करोड भारु आम्दानी गरेको भारतीय सञ्चारमाध्यहरूले जनाएका छन् । 

रिलिजको चार दिनअघिसम्म एड्भान्स टिकट बुकिङबाट ६.४२ करोड भारू कमाएको इन्डियन एक्सप्रेसले जनाएको छ । दुई लाख ९ हजार ९८६ टिकट बिक्री हुँदा करिब साढे ६ करोड भारु कमाएको हो । 

Royal Enfield Island Ad

चलचित्रले एड्भान्स बुकिङ हेर्दा यो सिनेमाले आक्रामक ओपनिङ गर्ने देखिएको छ । 

सन्दीप रेड्डीको निर्देशन तथा रणवीर कपुर, रश्मिका मन्दाना, बबी देओल र अनिल कपुर स्टारर ‘एनिमल’ले विदेशमा पनि आक्रामक व्यापार गर्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

इन्डियन एक्सप्रेसले ‘एनिमल’ले ५० करोडभन्दा माथि ओपनिङ गर्ने जनाएको छ । 

डिसेम्बर १ मा ‘एनिमल’ विश्वभर एकसाथ प्रदर्शनमा आउँदै छ । ‘एनिमल’ले अमेरिकामा अहिलेसम्मकै उच्च शोज पाएको बताइएको छ ।  

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro