विदेश
काठमाडौं । इजरायल र हमासबीच थप दुई दिन युद्धविराम गर्ने सहमति भएको छ । कतारको विदेश मन्त्रालयले युद्धविरामलाई थप दुई दिन लम्ब्याउने सहमति भएको बताएको छ ।
कतार इजरायल र हमासबीच मध्यस्थकर्ताको भूमिकामा रहेको छ ।
हमासले पनि थप दुई दिनका लागि युद्धविराम गर्ने सहमति भएको पुष्टि गरेको छ ।
चारदिने इजरायल–हमास युद्धविरामको आज अन्तिम दिन हो ।
इजरायल सरकारले अझै १८४ इजरायली नागरिक हमासको नियन्त्रणमा रहेको बताएको छ ।
अल्जजिराको सहयोगमा ।
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८० २२:११
प्रतिक्रिया दिनुहोस्