site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सामाजिक सुरक्षा कोषमा संकलन भएको रकम ब्याज खान होइन : श्रममन्त्री भण्डारी
फाइल तस्बिर।

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाताबाट संकलन भएको रकम बैंकमा राखेर ब्याज खान स्थापना नभएको बताएका छन् ।

सोमबार छैटौँ सामाजिक सुरक्षा दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै श्रममन्त्री भण्डारीले धेरै मुलुकमा आर्थिक संकट परेको बेलामा सामाजिक सुरक्षा कोषले मुलुक बचाएको इतिहास रहेको बताए । उनले कोषमा जम्मा भएको रकम परिचालन विविधीकरण गरेर राष्ट्रिय पुँजीको रुपमा निर्माण गरी राष्ट्र निर्माणको लागि रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताए ।

Dabur Nepal
NIC Asia

सुरक्षा कोषले लगानीलाई उपयुक्त रुपमा परिचालन गर्ने भन्दै उनले अस्थायी र करारका कर्मचारीहरुलाई पनि सामाजिक सुरक्षामा आवद्ध गराउने प्रधानमन्त्रीको प्रतिवद्धताअनुसार काम अन्तिम चरणमा पुगेको बताए । उनले स्वीकृतिको लागि अर्थ मन्त्रालयमा फाइल पठाएको उनले बताए ।

श्रम ऐनमा दिएका अधिकारहरु प्रयोग गरेर श्रम मन्त्रालयले सम्पूर्ण रोजगारदाता र श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्ध गराउने काममा प्रतिवद्ध रहेको उनले बताए । सामाजिक सुरक्षा कोषमा आवद्ध हुने विषयमा रहेका कानुनी कमीकमजोरीहरुलाई सहकार्य गरेर कार्यविधि सुधार गर्दै लैजाने उनको भनाइ छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १६:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro