site stats
बाह्रखरी :: Baahrakhari
देश
पोर्चुगल पठाउने आश्वासनमा १० लाख लिएर फरार भएका व्यक्ति पक्राउ

काठमाडौं । पोर्चुगल पठाउने आश्वासन दिएर ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पाको गंगादेव गाउँपालिका–३ का ३९ वर्षीय निमराज डाँगी रहेका छन् ।

प्रहरीका अनुसार उनले जोनसन श्रेष्ठलाई १६ लाख रुपैयाँ लागतमा वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाउने आश्वासन दिएर १० लाख रुपैयाँ लगेका थिए । उनले प्रतिष्ठित होटेलमा मासिक एकलाख २० हजार रुपैयाँ तलब हुने बताएका थिए ।

Argakhachi Cement Island Ad

तर, १० लाख रुपैयाँ लगिसकेपछि उनी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

उनलाई प्रहरीले आज काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो । 

थप अनुसन्धान तथा कारकाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १६:४४
प्रतिक्रिया दिनुहोस्