site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
कुसुमको ‘भृकुटी’ सार्वजनिक

काठमाडौं । साहित्यकार एवं प्रशासनविद् डा. गोविन्दप्रसाद कुसुमको ऐतिहासिक विषयवस्तुमा आधारित उपन्यास ‘भृकुटी’ सार्वजनिक भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा दक्षिण–एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीमा कुसुमको पुस्तक भृकुटी सार्वजनिक गरिएको हो ।

'हरित तारा'ले चिनिने सातौँ शताब्दीकी नेपाली राजकुमारी भृकुटीको जीवनगाथा र त्यससमयको परिवेशमा लेखिएको उपन्यास भृकुटी इतिहासका तथ्यहरूको जगमा उभिएको छ ।

पुस्तक सार्वजनिक कार्यक्रममा आफ्नो पाठकीय अनुभव राख्दै कानुनविद् प्रा.डा. युवराज संग्रौलाले इतिहासबारे सोधखोज गरेर लेखिने यस्ता आख्यानले इतिहासबारे थप अध्ययन गर्ने र खोजी गर्ने बाटो खोलिदिएको बताए । संग्रौलाले भने, "भृकुटीले तिब्बतमा नेपाली पहिचान स्थापित गर्न पुर्‍याएको योगदान हाम्रो इतिहासले बताउँदैन । तर, यो उपन्यासले त्यो तथ्य खोजी गर्ने कोसिस गरेको छ ।"

उनले यो उपन्यासलाई विश्वविद्यालयमा नेपाली साहित्यका विद्यार्थीका लागि पढाइनुपर्ने समेत बताए ।

Global Ime bank

उपन्यासमा लिक्षविकालका राजा अंशुवर्माको शासन समयमा आर्थिक, सामाजिक र राजनीतिक सवालमा भृकुटीले पुर्‍याएको योगदान मिठोसँग चर्चा गरिएको संग्रौलाको भनाइ थियो ।

आफ्नो पठन अनुभव सुनाउँदै युवा साहित्यकार समृद्धि अर्यालले उपन्यासमार्फत आजभन्दा १४ सय वर्ष अगाडि राजकुमारी भृकुटीले समाज सुधारका लागि गरेको पहलबाट आजको समाजले समेत शिक्षा लिन सक्ने बताइन् ।

लेखक डा. कुसुमले आफ्नो कृति पढ्दा उपन्यास र बुझ्दा इतिहासका रूपमा लिन सकिने बताए । कुसुमले भने, "अंशुवर्माको काल स्वर्णकाल मानिन्छ, तर त्यो स्वर्णकाललाई स्वर्ण बनाउन भृकुटीले पुर्‍याएको योगदान हाम्रो इतिहासमा पाइँदैन । यो उपन्यासमार्फत त्यसैको खोजी होस् भन्ने मेरो आग्रह हो ।"

सांग्रिला बुक्सले प्रकाशन गरेको उपन्यास भृकुटीको मूल्य ७९५ रुपैयाँ रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १०:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu