site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
साहित्यकार ढकाल र श्रेष्ठसहित भाषाविद् वस्ती पुरस्कृत
तस्बिर : ठाकुरप्रसाद भण्डारीको फेसबुकबाट ।

काठमाडौं । दायित्व वाङ्मय प्रतिष्ठानले एक समारोहका बीच तीन सर्जकहरूलाई पुरस्कृत गरेको छ ।

शनिबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथि साहित्यिक पत्रकार रोचक घिमिरेले ‘शंकर कोइराला आख्यान पुरस्कार—२०८०’ आख्यानकार नारायण ढकाललाई प्रदान गरे । पुरस्कारका साथ २५ हजार नगद राशि प्रदान गरियो ।

त्यस्तै, ‘कुमार–सरस्वती पुरस्कार—२०८०’ साहित्यकार, समालोचक तथा अन्वेषक प्रा.डा. दयाराम श्रेष्ठलाई प्रदान गरियो । उक्त पुरस्कारका साथ पनि नगद राशि २५ हजार प्रदान गरियो ।

प्रतिष्ठानले यसैवर्षदेखि ‘चूडामणि व्याकरण कोश पुरस्कार’को व्यवस्थापन गर्दै उक्त पुरस्कार पहिलोपटक भाषाविद् शरच्चन्द्र वस्तीलाई प्रदान गरेको छ । उक्त पुरस्कारका साथ नगद राशि ५१ हजार १११ समेत प्रदान गरियो ।

Global Ime bank

चुडामणि व्याकरण कोश पुरस्कार कोशकार चुडामणि गौतमले स्थापना गरेका हुन् । 
कार्यक्रममा चुडामणि गौतमको पुस्तक ‘बाफरे जिन्दगानी’ र ‘शुद्ध नेपाली लेख्ने यसरी’; रामप्रसाद पन्तको कथाकृति ‘मौनविद्रोह’ र लघुकथासंग्रह ‘मिसावट’को पनि विमोचन गरियो ।

सो अवसरमा रोचक घिमिरेसहित विभिन्न व्यक्तिहरूले बोलेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  २२:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu