site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
हाम्रो अभियानले जनतालाई अघि सारेर देशको विकास गर्छ : दुर्गा प्रसाईं
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफूहरुको अभियानले देशको विकास गर्ने दाबी गरेका छन् ।

शनिबार काठमाडौंको सिफलमा आयोजित सभालाई सम्बोधन गर्दै प्रसाईंले अहिलेका दलहरुबाट देशको विकास नहुने भन्दै जनतालाई अघि सारेर देशको विकास गर्ने दाबी गरे । सबै नेपालीहरु राष्ट्रवादी बन्न आवश्यक रहेकाले अबको समय विकास र समृद्धिको भएको उनको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रसाईंले विभिन्न कारणले जनताहरुले देहत्याग गर्नुपरे पनि राज्यले केही गर्न नसकेको बताए । सयौँ वर्ष आन्दोलनमा खर्चँदा देशमा विकास हुन नसकेको उनको तर्क छ । भ्रष्टाचार, तस्करविरुद्ध लड्न उनले आह्वान समेत गरे ।

प्रसाईंले शान्तिपूर्ण रुपमा आफूहरुकोे अभियान चल्ने र कसैले रोक्न नसक्ने बताए । आफूहरुलाई काठमाडौंमा निषेध गर्नेहरुलाई अब आफ्नो अभियानले निषेध गर्ने चेतावनी उनले दिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय