site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आफूलाई घरमै नजरबन्द गरिएको भन्दै दुर्गा प्रसाईं सर्वोच्चमा 
SkywellSkywell

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले आफूलाई गैरकानुनीरूपमा नजरबन्द गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय भक्तपुर र जिल्ला प्रहरी कार्यालय भक्तपुरलाई विपक्षी बनाएर प्रसाईंका तर्फबाट वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका हुन् ।

KFC Island Ad
NIC Asia

रिटमा नेपालको संविधानले विचार तथा अभिव्यक्ति स्वतन्त्र, स्वतन्त्रपूर्वक हिँडडुल गर्न पाउने व्यवस्था र सरकारले गरेका कामकारबाहीको शान्तिपूर्ण विरोध गर्न पाउने व्यवस्थालाई नै चुनौती दिइएको भन्दै तत्काल रिहा गरी आन्दोलन र अभियानमा पनि रोक नलगाउन माग गरिएको छ । रिटको पेसी आइतबारलाई तोकिएको छ । 

प्रसाईंले प्रहरीले आफूलाई निवासमा नजरबन्दमा राखेको बताएका छन् । शुक्रबार भक्तपुरस्थित निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले प्रदर्शनका लागि आफूलाई प्रहरीले बाहिर जान नदिएको र घरमा नै नजरबन्दमा राखेको बताएका थिए ।

Royal Enfield Island Ad

प्रसाईं समर्थकले बिहीबार काठमाडौंको बल्खुमा विरोध प्रदर्शन गरेका थिए ।

 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १५:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro