site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
ताइवानमा विपक्षी दल मिल्न नसक्दा सत्तारुढकै उमेदवार बलियो

काठमाडौं । चीनसँग नजिकको सम्बन्ध रहेका ताइवानका विपक्षी दल विभाजन भएपछि राष्ट्रपतिमा छुट्टाछुट्टै उमेदवारी दर्ता गराएका छन् । यससँगै ताइवानको सत्तारुढ दलका उमेदवार बलियो बन्ने देखिएको छ । 

आउँदो जनवरी १३ मा ताइवानमा राष्ट्रपतिका लागि निर्वाचन हुँदै छ ।

चीनले एकीकरणको माग राख्दै आए पनि ताइवानले आफ्नो सार्वभौमसत्ता दाबी गर्दै आएको छ ।

Dabur Nepal
NIC Asia

ताइवानको प्रमुख विपक्षी कुओमिन्ताङ (केएमटी) र सानो ताइवान पिपुल्स पार्टी (टीपीपी)ले साझा उमेदवार उठाउने प्रयास गरेको भएपनि अन्त्यमा अलग अलग उमेदवार दर्ता गरेका हुन् ।

यसरी सत्तारुढ डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी)का उमेदवार बलियो बन्ने भएका हुन् ।

केएमटीले होउ यु–इह र टीपीपीले को वेन–जेलाई राष्ट्रपतिको उमेदवार बनाएको छ । केएमटीबाट जा सा–कंङ र टीपीपीका सांसद सिन्थिया वू उपराष्ट्रपतिका उमेदवार बनेका छन् ।

डीपीपीले हालका उपराष्ट्रपति विलियम लाइलाई राष्ट्रपतिको उमेदवार बनाएको छ ।

यस्तै, पूर्वअमेरिकी राजदूत हसियाओ बि–खिम उपराष्ट्रपति पदकी उमेदवार रहेकी छन् ।

स्वतन्त्र रूपमा राष्ट्रपतिका लागि उठ्ने तयारी गरेका एप्पलको प्रमुख आफूर्तिकर्ता फक्सकनका संस्थापक टेरी गोउले भने चुनाव नलड्ने घोषणा गरेका छन् । केएमटी र टीपीपीबीच सहमति हुन नसकेपछि उनले उमेदवारी नदिने निर्णय गरेका हुन् ।

केएमटी र टीपीपी चीनसँग नजिकको सम्बन्ध बनाउने अभियानसहित चुनावमा छन् । सत्तारुढ डीपीपी चीनविरुद्ध कट्टररूपमा उपस्थित छ ।

चीनले यो चुनावलाई शान्ति र युद्ध बीचको छनोटका रुपमा हेरेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १५:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro