site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सूर्य नेपाल सेन्ट्रल ओपन : सद्भावलाई करियरको दोस्रो उपाधि

काठमाडौं । युवा एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जित्न सफल भएका छन् ।

प्रोफेसनल खेलाडी दिनेश प्रजापतिलाई सात स्ट्रोकले हराउँदै सद्भावले करियरको दोस्रो उपाधि जितेका हुन् । उनले गत सिजन सूर्य नेपाल च्यालेन्ज जितेका थिए ।

अन्तिम दिन बिहीबार ३–अन्डर ६९ स्कोर गर्दा सद्भावले समग्रमा १७–अन्डर २७१ को उत्कृष्ट नतिजामा सहभागी ३३ प्रोफेसनल गल्फरलाई माथ दिँदै प्रोफेसनल र एमेच्योर दुवैतर्फको उपाधि जितेका हुन् ।

Dabur Nepal
NIC Asia

इभन–पार ७२ खेल्दै समग्रमा १०–अन्डर २७८ सहित दिनेश प्रजापति दोस्रो भए । प्रोफेसनलतर्फ पहिलो हुँदा उनले एक लाख ४५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

समग्रमा ७–अन्डर २८१ को नतिजामा भुवन नगरकोटी तेस्रो भए । उनले बिहीबार इभन–पार ७२ मा खेल सकाए । प्रोफेसनलतर्फ दोस्रो हुँदा उनले ९४ हजार रुपैयाँ पुरस्कार हात पारे ।

बिहीबार २–ओभर ७४ स्कोर गरेका सञ्जय लामाले समग्रमा इभन–पार २८८ प्रदर्शनमा चौथो भए । प्रोफेसनलतर्फ तेस्रो भएका उनलाई ७० हजार रुपैयाँ प्रदान गरियो ।

समग्रमा २–ओभर २९० को स्कोरमा निरज तामाङ पाँचौँ भए । उनले अन्तिम १८ होलको खेल इभन–पार ७२ मा सकाए र ५८ हजार रुपैयाँ पुरस्कार पाए ।

पहिलो दिनका लिडर टासी छिरिङ एमेच्योरतर्फ दोस्रो भए । बिहीबार ३–ओभर ७५ स्कोर गरेका उनले समग्रमा ३–ओभर २९१ को नतिजामा प्रतियोगिता सकाए । समग्रमा उनी छैटौँ भए ।

समग्रमा ४–ओभर २९२ सहित रबि खड्का सातौँ भए । उनले बिहीबार इभन–पार ७२ मा खेल सकाए । उनले ५० हजार प्राप्त गरे ।

बिहीबार ७–ओभर ७९ सहित समग्रमा ५–ओभर २९३ मा खेल सकाउँदै जयराम श्रेष्ठ आठौँ भए । उनले ४२ हजार ५०० पुरस्कार राशि हात पारे ।

समग्रमा ६–ओभर २९४ सहित धनबहादुर थापा र तोरणविक्रम शाही संयुक्त रूपमा नवौँ भए । धनले बिहीबार ६–ओभर ७८ र तोरणले ३–अन्डर ६९ स्कोर गरे । दुवैले ३७ हजार २५० रुपैयाँ प्राप्त गरे ।

विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका उपाध्यक्ष (मार्केटिङ) दीप्रा लाहीरी र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरे । ७२ होलको चारदिने प्रतियोगितामा ३३ प्रोफेसनल र पाँच एमेच्योर गरी कुल ३८ खेलाडीको सहभागिता थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  ११:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro