site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली र भारतीय सेनाको संयुक्त सैन्य अभ्यास शुक्रबारदेखि

काठमाडौं । नेपाली सेना र भारतीय सेनाको संयुक्त तालिम अभ्यास ‘सूर्यकिरण–१७’ शुक्रबारदेखि सुरु हुँदै छ । 

संयुक्त सैन्य अभ्यास सूर्यकिरणको १७औँ संस्करण भारतको पिथौरागढमा हुने नेपाली सेनाले जनाएको छ । 

“दुवै देशका सेनाहरूको गणस्तरको फौजको सहभागिता रहने उक्त अभ्यासमा सहभागी हुने नेपाली सेनाको टोली २०८० मंसिर ६ गते त्यसतर्फ प्रस्थान गरेको छ,” नेपाली सेनाद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

२०६७ सालबाट वार्षिक रूपमा नेपाल र भारतमा आलोपालो गरी आयोजना हुँदै आएको संयुक्त सैन्य अभ्यास सूर्यकिरणको यो १७औँ संस्करण हो । 

यसअघि २०७९ पुस १ गतेदेखि १४ गतेसम्म रूपन्देही जिल्लाको सालझन्डीमा यसको १६औँ संस्करण सञ्चालन भएको थियो । 

यस वर्ष सञ्चालन हुने संयुक्त अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा ३३४ जनाको सहभागिता रहने छ ।  

मंसिर २१ गतेसम्म सञ्चालन हुने संयुक्त अभ्यासमा सहभागी फौजहरूले विपद् व्यवस्थापन, प्रतिव्रिदोह तथा प्रतिआतंकवाद लगायत जंगल युद्धकलासम्बन्धी व्यवहारिक अभ्यास गर्नेछन् । 

प्रतिविद्रोह तथा प्रतिआतंकवाद र प्रकोप व्यवस्थापन केन्द्रित रही तालिम सञ्चालन गरिने बताइएको छ । 

सूर्यकिरणको यस संस्करणले दुई देश बीचको वर्षौँ पुरानो पारस्परिक सम्बन्धलाई प्रगाढ बनाउनुको साथै दुई देशका सेनाहरूबीच आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १८:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro