site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
वाग्मतीको विजयी सुरुआत

काठमाडौं । केपी ओली कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिता–२०८० मा सन्दीप लामिछानको कप्तानीमा रहेको वाग्मती प्रदेशले विजयी सुरुआत गरेको छ ।

बिहीबार कास्कीस्थित पोखरा क्रिकेट मैदानमा सम्पन्न समूह ‘ए’ को खेलमा वाग्मतीले आयोजक मदन भण्डारी स्पोर्ट्स क्लब रातोविरुद्ध १०९ रनको सहज जित निकालेको हो ।

पोखरा क्रिकेट मैदानमा वाग्मतीले प्रस्तुत गरेको १८५ रनको लक्ष्य पछ्याउने क्रममा मदन भण्डारी स्पोर्ट्स क्लबले १४.२ ओभरमा सबै विकेट गुमाएर ७५ रनमात्र जोड्न सक्यो ।

Dabur Nepal
NIC Asia

मदन भण्डारीका ओपनर तथा कप्तान अमर मिश्रा र विजय प्रजापतिले समान १३ रन जोडे । यस्तै, सन्तोष यादवले १२ र निर्मल थापाले १० रन जोड्नुबाहेक एकेडेमीका अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

मदन भण्डारी एकेडेमीलाई सस्तैमा समेट्न वाग्मतीका कप्तान सन्दीपले चार विकेट लिए । सुवास कार्कीले तीन, प्रतिश जिसीले दुई र रिजन ढकालले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको वाग्मतीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८४ रनको योगफल खडा गरेको थियो ।

वाग्मतीका ओपनर रित गौतमले ५३ बलमा आठ चौका र तीन छक्कासहित ७४ रन बनाएका थिए । सुभ कंसाकारले २७, कप्तान सन्दीपले १८, गौरभ खड्काले १७ र प्रतिक श्रेष्ठले १४ रन थपे ।

आजदेखि प्रतियोगितामा कुल १२ टिम सहभागी छन् । जसलाई प्रत्येक समूहमा तीन टिम रहने गरी चार समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’ मा वाग्मती प्रदेशसँगै, कर्णाली प्रदेश, मदन भण्डारी स्पोर्ट्स एकेडेमी रातो छन् ।

समूह ‘बी’मा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश छन् । यस्तै, समूह ‘सी’मा नेपाल पुलिस क्लब, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेश छन् । समूह ‘डी’मा त्रिभुवन आर्मी क्लब, कोसी प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकेडेमी निलो छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १८:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro