site stats
बाह्रखरी :: Baahrakhari
देश
९० लाख अवैध रुपैयाँसहित एकजना पक्राउ
Argakhachi Cement Island Ad

काठमाडौं । प्रहरीले हुण्डी तथा अनलाइन जुवा सञ्चालन गर्ने एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका २८ बागबजारका रुपेश श्रेष्ठ छन् ।

उनको घरबाट प्रहरीले ८९ लाख ६९ हजार रुपैयाँ बरामद गरेको छ । आठ थान मोवाइल फोन, तीन थान ल्यापटप, एक थान पैसा गन्ने मेसिनसमेत बरामद गरेको छ ।

श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले विशेष सूचनाका आधारमा पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ । उनी अवैध क्रिप्टो कारोबारीसमेत रहेको खुलेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १४:५२
प्रतिक्रिया दिनुहोस्