site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सन्तोषको ‘बलिदान’मा प्रदीप खड्काका लागि ढोका बन्द भयो ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । निर्देशक तथा निर्माता सन्तोष सेनले निर्माण घोषणा गरेको चलचित्र ‘बलिदान’मा सौगात मल्ल र अर्पण थापा मुख्य भूमिकामा अनुबन्ध भइसकेका छन् । 

मुख्य भूमिकामा अझै तीन/चारजना कलाकार अनुबन्ध गर्न बाँकी रहेको निर्देशक सेनले बताएका छन् । “अझै तीन/चारजना मुख्य भूमिकामा कलाकार लिन बाँकी छ । तर कसलाई लिने भन्ने निश्चित भइसकेको छैन,” उनी भन्छन्, “कुरा भइरहेको छ, तर अनुबन्ध गर्न बाँकी छ ।” 

प्रायः सन्तोषका चलचित्रमा अभिनेता प्रदीप खड्का छुट्दैनन् । तर ‘बलिदान’मा हालसम्म प्रदीप अनुबन्ध भइसकेका छैनन् । “आजसम्म प्रदीप अनुबन्ध भइसक्नु भएको छैन । स्क्रिप्टमा केही काम गर्न अझै बाँकी छ । त्यसैले प्रदीपका लागि बलिदानको ढोका नै बन्द भइसक्यो भन्ने त होइन,” सन्तोष भन्छन्, “तर प्रदीपलाई सपोर्टिभ क्यारेक्टरमा अनुबन्ध गराउने कुरा पनि भएन । तर अझै मुख्य क्यारेक्टरमा कलाकार अनुबन्ध गर्न बाँकी नै रहेकाले प्रदीपको सम्भावना नै सकियो भन्ने होइन ।” 

सन्तोषले ‘बलिदान’मा रंगमञ्चका कलाकार लिइरहेका छन् । यद्यपि, प्रदीपले चलचित्र ‘प्रकाश’मा क्यारेक्टर आर्टिस्टका रूपमा काम गरिसकेका छन् । 

मधेस आन्दोलनको विषय उठान गरेको चलचित्रको वर्किङ टाइटल सुरुमा ‘भिल्ला : अ वार फर पिस’ थियो । “देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिन्छ भन्ने कथाको वरपर यो चलचित्र रहनेछ । समाजमा खुम्चिएका र राज्यबाट किनारा पारिएका वर्गले अधिकारको लडाईं गर्दा देशीविदेशी विभिन्न पक्षहरू प्रवेश गरेर कसरी समाज बिग्रिन्छ भन्ने कुरा बलिदानमा चित्रण गर्नेछौँ,” सन्तोष भन्छन्, “मधेस वास्तवमा मधेसबासीका कारण होइन बाहिरी तत्वका कारण अस्थिर भएको रहेछ । मधेसका लागि मधेसीले त बलिदान गरेका रहेछन्, त्यसैले बलिदानभन्दा अर्को उपयुक्त नाम हुन सक्तैन भन्ने लाग्यो र यो नाम राखियो ।” 

यसअघि नै चलचित्र ‘बलिदान’ निर्माण भइसकेको थियो । तर दश वर्षपछि नाम दोहोरिए पनि सोही ‘टाइटल’मा चलचित्र बनाउन पाइने कानुनी व्यवस्था छ । 

६ करोडभन्दा माथि लगानी रहने चलचित्र पुस १५ पछि छायांकनमा जाने सन्तोष बताउँछन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  ११:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro