site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भरतपुर महानगरले पर्यटन प्रवर्धन गर्न ‘भरतपुर भ्रमण वर्ष २०२४’ मनाउने

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाले पर्यटकीय गन्तव्य प्रवर्धन गर्न ‘भरतपुर भ्रमण वर्ष २०२४’ मनाउने भएको छ । यसले महानगरपालिकाभित्र रहेका पर्यटकीय गन्तव्यको पहिचान, प्रवर्धन र प्रचारप्रचारमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्राकृतिक, सांस्कृतिक, धार्मिक एवम ऐतिहासिक सम्पदाहरूको प्रचारप्रसार गरी पर्यटकको संख्या र बसाई अवधि वृद्धि गर्ने उद्देश्यले महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा पहिलोपटक भ्रमण वर्षको आयोजना गरेको हो ।

Dabur Nepal
NIC Asia

जसमा अन्तर्राष्ट्रिय सफारी मार्ट, अन्तर्राष्ट्रिय लगानी सम्मेलन, अन्तराष्ट्रिय हेरिटेज म्याराथन, सरकार एवं सम्वद्द पक्षहरूको बैठक तथा भेला, जंगल फेस्टिवब गरिने छ । 

साथै, युवा तथा महिला सम्मेलन, साहित्यिक कार्यक्रम, र्‍याली, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनारहरूको आयोजना, ट्राभल एजेन्सी तथा टुर अपरेटरहरूको सम्मेलन, विज्ञ समूहसहितको कार्यशाला गोष्ठी, खेलकुद प्रतियोगिताहरू, पर्यटन तथा वातावरणसँग सम्बद्ध दिवसहरू, जातीय सांस्कृतिक कार्यक्रम, प्रदर्शनी तथा फुड फेस्टिबल आदि क्रियाकलापहरू वर्षभरि गरिने जनाइएको छ ।

भरतपुर महानगरको अभियानमा नेपाल सरकार, वाग्मती प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड तथा पर्यटन सम्बद्ध सरकारी तथा गैर सरकारी संस्थाहरूको सहयोग छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १६:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro