site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

झापा । जंगली हात्तीको आक्रमणबाट दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको छ ।

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार मंगलबार साँझ शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जंगलमा तामाङलाई हात्तीले आक्रमण गरेको थियो । 

शिविरको सेक्टर नं २ को हट नं. २५२ मा तामाङको बसोबास थियो । उनी दिउँसो दाउरा खोज्न जंगल गएका थिए । साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनलाई जंगलमै मृत अवस्थामा भेटिएको डिभिजन वन कार्यालयका प्रमुख राईले बताए ।  

यसैगरी मेचीनगर नगरपालिका–११ स्थित विशाल दाहालको एकतले पक्की घर जंगली हात्तीले भत्काएको छ । स्थानीय बाँसबारी सामुदायिक वनबाट गाउँ छिरेको एउटा हात्तीले पर्खाल भत्काएर घरभित्र पसी चार सय किलो धान र दुई सय किलो चामल खाएको पीडित दाहालले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  ०७:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro