site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
यमनसँग नेपालको हार
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा नेपाल पाहुना टिम यमनसँग २–० ले पराजित भएको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा यमनलाई जित दिलाउन ओमर अब्दुल्लाह अल–दाही र मोहम्मद अब्दुल्लाह अल–दाहीले गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि ७३औँ मिनेटमा ओमर अब्दुल्लाह अल–दाहीले उत्कृष्ट गोल गर्दै दशरथमा उपस्थित १३ हजार ७३५ दर्शकलाई स्तब्ध बनाएका थिए । पेनाल्टी बक्सको बाहिर राइट साइडबाट नेपालका तीन डिफेन्डरलाई बिट गर्दै धाहीले टप कर्नर उत्कृष्ट गोल गरेका थिए ।

Agni Group

यस्तै, खेलको अन्तिम मिनेटमा मोहम्मद अब्दुल्लाहले लेफ्ट साइडबाट नेपाल डिफेन्स लाइन तोड्दै ‘चिप’ गोल गर्दै नेपालको खेलमा फर्किने आस तोडेका थिए ।

पहिलो मिनेटबाटै आक्रमण बुनेको यमनले घरेलु टिमको डिफेन्स लाइनलाई सुरुआतदेखि नै व्यस्त बनाउने रणनीतिसहित उत्रिएको थियो । तर, पहिलो केही मिनेटपछि नेपालले बलमाथिको नियन्त्रण बढायो ।

Global Ime bank

चौथो मिनेटमा दीनेश राइट साइडबाट दुई डिफेन्डरलाई काट्दै निकालेको क्रसमा आशिषको हेडर यमनका गोलकिपरले अब्दुल्लाह अल सादीले नियन्त्रणमा राख्न सकेका थिएनन् । सोही बललाई जिलेश्पीले हेडरमार्फत गोललाइन पार गराए पनि रेफ्रीले अफसाइडको इशारा गरेपछि नेपाल अग्रता लिनबाट चुकेको थियो ।

यसपछि १५औँ मिनेटसम्म दुवै टिमले गतिलो आक्रमण बुन्न सकेनन् ।

१६औँ मिनेटमा अहमेद महेरले मैदानको मध्य भागबाट एक्लै नेपालका डिफेन्स लाइन तोड्दै बल १८ यार्ड बक्सभित्र पुर्‍याए पनि लामो रन लिन पुग्दा गोलकिपर किरणले खतरा टारेका थिए ।

२१औँ मिनेटमा सनिष श्रेष्ठले प्रहार गरेको फ्रिकिकमा पेनाल्टी बक्सभित्र रहेका अनन्तले हेडमार्फत ६ यार्ड बक्समा बल मिलाएका थिए । तर, अञ्जनले हेडर नभेट्टाउन नेपालको अग्रताको अवसर गुमाएको थियो ।

२६औँ मिनेटमा हम्जाह हनासले पेनाल्टी बक्सबाट गरेको प्रहार नेपाली गोलकिपर किरणले सहजै बचाएका थिए ।

३३औँ मिनेटमा लेफ्ट साइडबाट अहमद माहेरले दुई नेपाली रक्षकलाई बिट गर्दै गरेको प्रहार आकाशिदा नेपालको खतरा टरेको थियो ।

६१औँ मिनेटमा हिसुबले वान भर्सेस वानको अवस्थामा यमनका गोलकिपरलाई बिट गर्न नसक्दा नेपालले अग्रताको सुनौलो मौका गुमायो । त्यसलगत्तै पेनाल्टी बक्सबाहिरबाट पाएको फ्रिकिकमा पुनः नेपालले अग्रताको अवसर गुमायो ।

जिलेश्पीलाई बक्सबाहिर लडाएपछि प्राप्त फाउलमा नेपालका एरिक बिष्ट प्रहारका लागि आएका थिए । एरिकले लोअर फ्रिकिक यमनका रक्षकबाट डिफ्लेक्ट भएर फर्किदा आएको बलमा अञ्जनले प्रहार गरे पनि बाहिरिएपछि यमन खतराबाट बाहिर आएको थियो ।

छनोटमा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि नेपाल पहिलो खेलमा युनाइटेड अरब इमिरेट् (यूएई) विरुद्ध ४–० ले पराजित भएको थियो । लगातार दोस्रो हार बेहोरेको नेपाल तालिका पुछारमा छ । पहिलो जित निकालेको यमन तीन अंकसहित तेस्रो स्थानमा छ ।

छनोटमा नेपाल समूह ‘एच’ मा छ । यो समूहमा नेपालसँगै यूएई, यमन र बहराइन छन् ।

त्यसअघि छनोटको पहिलो चरणमा नेपालले लाओसलाई समग्रमा २–१ ले पराजित गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  २१:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
  एनसेल प्रकरणको खैलाबैला
  एनसेल प्रकरणको खैलाबैला
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu