site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोटरसाइकल चोरेर नम्बर परिवर्तन गरी चलाउने दुईजना प्रहरीको नियन्त्रणमा
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रहरीले मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा दुईजनालाई नियन्त्रणमा लिएको छ । मंगलबार काठमाडौं महानगरपालिका–२२ स्थित गणबहालबाट  ट्राफिक प्रहरीले चितवनको इच्छाकामना गाउँपालिका–४ का २३ वर्षीय टेकबहादुर मगर र सिन्धुलीको दुधौली नगरपालिका–२ का २२ वर्षीय रोहित तामाङलाई नियन्त्रणमा लिएको हो ।

गत कार्तिक २४ गते वाग्मती प्रदेश ०२–०३१ प ३९ २९ नम्बरको मोटरसाइकल काठमाडौं महानगरपालिका–१६ म्हेपी स्थित पार्किङबाट हराएको थियो ।

वास्तविक नम्बर परिवर्तन गरी वाग्मती प्रदेश ०२–०३१ प ९२ नम्बर राखे चलाइरहेको अवस्थामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त लैनचौर पठाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  २०:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro