खेल

काठमाडौं । फिफा विश्वकप- २०२६ छनोटको दोस्रो चरणमा यमनविरुद्धको खेलका निम्ति नेपालको सुरुआती-११ सार्वजनिक भएको छ ।
यमनविरुद्ध नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले अनन्त तामाङलाई पहिलो रोजाइमा राखेका छन् ।
छनोटको दोस्रो चरणमा नेपालको यो दोस्रो खेल हो । नेपाल यसअघि पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)सँग ४-० ले पराजित भएको थियो ।
नेपालले यसअघि पहिलो चरणमा लाओसलाई समग्रमा २-१ ले हराएको थियो ।

नेपाली टिम: अनन्त तामाङ, किरण चेम्जोङ (कप्तान), जिलेश्पीजंग कार्की, एरिक बिस्ट, आशिष चौधरी, उत्सब राई, सेसेहाङ आङदेम्बे, अन्जन बिस्ट, दीनेश हेन्जन, सनिश श्रेष्ठ, रोहित चन्द ।
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८० १८:२०
प्रतिक्रिया दिनुहोस्