देश
काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले सरकारले बन्द गराएको सामाजिक सञ्जाल टिकटक अवैध तरिकाले नचलाउन अनुरोध गरेको छ ।
बन्द गरिएको टिकटक भीपीएन र डीएनएस प्रयोग गरेर चलाउन थालिएको भन्दै त्यसरी चलाउँदा मोबाइलमा भएका व्यक्तिगत डाटा समेत चोरी हुन सक्ने ब्युरोले जनाएको छ ।
ब्युरोका एसपी नरेन्द्र चन्दले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, भीपीएन र डीएनएस प्रयोगले व्यक्तिगत डाटा समेत चोरी भएर मोबाइल बैंकिङ सिस्टममा पुगेर रकम चोरी हुनसक्छ । त्यसरी चोरी भएको रकमको अनुसन्धान गर्न समेत प्रहरीलाई कठिन हुन्छ ।”
टिकटकमार्फत गैरकानुनी कार्य बढ्न थालेको भन्दै सरकारले यही कात्तिक २७ गतेदेखि त्यो बन्द गराएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८० १६:२९
प्रतिक्रिया दिनुहोस्