site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दाङमा दाजुभाइ मृत फेला : प्रहरी भन्छ– यसअघि पनि आत्महत्याको प्रयास गरेका थिए

काठमाडौं  । दाङको तुलसीपुरमा एकै घरका दुई दाजुभाइ एउटै कोठामा मृत फेला परेका छन् । सोमबार साँझ उनीहरू आफ्नै कोठामा मृत फेला हुन् । 

तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना स्थायी घर भएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उनका भाइ ३० वर्षीय टेकबहादुर बस्नेत मृत फेला परेका जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लले जानकारी दिए । 

Dabur Nepal
NIC Asia

“हामीले हिजो साँझ सवा ६ बजे घटनाबारे थाहा पायौँ । मृतकका आफन्तलाई कुरिरहेका छौँ । घटना कसरी भयो आजबाट अनुसन्धान सुरु गर्नेछौँ,” डीएसपी मल्लले बाह्रखरीसँग भने, “कोठाबाट विषको गन्ध आइरहेको र विषको बोतल पनि भेटिएको छ । त्यसैले विष सेवन गरेको हुनसक्ने प्रारम्भीक अनुमान गरेका छौँ ।” 

टेकबहादुर बस्नेतले यसअघि पनि आत्महत्याको प्रयास गरेको बुझिएको मल्लले जानकारी दिए । उनीहरू दुवै भारतमा काम गर्ने गरेको उनको भनाइ छ । 

“एकजनाको श्रीमती भारतमै रहेको भनिएको छ । टेकबहादुरकी श्रीमती रुकुम पश्चिम माइतीमा गएकाले उहाँलाई बोलाएका छौँ । उहाँ राति १२ बजे आइपुग्नु भएको छ । अब बाँकी प्रक्रिया अगाडि बढाउने छौँ,” डीएसपी मल्लले भने । 

घरभेटी नबस्ने घरमा उनीहरू बस्दै आएका थिए । “घरभेटी नबस्ने घरमा उनीहरू कोठा लिएर बस्दारहेछन् । घरभेटीका छोरा आउँदा ढोका भित्रबाट बन्द रहेको देखेपछि झ्यालबाट हेर्दा दुईजना सुतिरहेको देखेपछि हामीलाई खबर आएको थियो,” उनले भने, “घटनास्थल पुग्दा दुवैजना मृत भेटिएका थिए ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  ०८:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro