site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
गाजा पुग्यो फिल्ड अस्पतालका लागि बन्दोबस्तीको सामान
फाइल तस्बिर।
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

राफा । इजरायल र गाजा क्षेत्रको शासक हमासबीच अक्टोबर ७ मा भएको युद्धपछि पहिलोपटक जोर्डनले पठाएको फिल्ड अस्पतालका लागि बन्दोबस्तीका सामान सोमबार गाजा पट्टीमा पुगेको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन् ।

गाजा अस्पतालका महानिर्देशक मोहम्मद जकाउतले भने, “अक्टोबर ७ पछि प्रत्येक दिन सयौँ घाइतेहरूको आगमन र हवाई आक्रमण जारी छ । घाइते र बिरामीहरूलाई लिनको लागि दक्षिणी अस्पतालहरूले सामना गरिरहेको विपत्तिपूर्ण परिस्थितिका कारण खान युनिसमा फिल्ड अस्पतालको स्थापना गर्न लागिएको हो ।

Agni Group

गाजामा करिब ३० हजार घाइते व्यक्ति उपचारको पर्खाइमा रहेको हमास शासित क्षेत्रको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गाजामा मृत्यु हुनेको सङ्ख्या १३ हजार नाघेको र तीमध्ये अधिकांश सर्वसाधारण रहेको मन्त्रालयले आइतबार जनाएको छ ।

इजरायली अधिकारीहरूका अनुसार हमासका लडाकूहरूले दक्षिणी इजरायलमा आक्रमण गर्दा करिब एक हजार २०० जनाको मृत्यु भएको थियो । जसमा अधिकांश सर्वसाधारण पनि थिए भने करिब २४० जनालाई बन्धक बनाइएको थियो ।

Global Ime bank

हप्तौँदेखिको भीषण बमबारी र इन्धन तथा स्वास्थ्य सामग्रीको चरम अभावका कारण गाजाका अधिकांश अस्पतालले काम गर्न छाडेका छन् ।

गाजास्थित ‘मेडिकल एड’का प्रमुख एड यागीले फिल्ड अस्पतालले विद्यमान स्वास्थ्य सेवाहरूको दबाब कम गर्न मद्दत गर्ने बताए । 
याघीले एएफपीसँग भने, “सीमित स्वास्थ्यकर्मीको सङ्ख्या र एम्बुलेन्स सेवाले तत्कालका लागि उपचार सेवा प्रबाह गर्नेछन् ।”

जोर्डनको फिल्ड अस्पताल १७ जना सुरक्षाकर्मी र ४० ट्रक मेडिकल सहायतालिएर गाजा पुगेको थियो ।

इजिप्टसँगको राफा नाका हुँदै गाजा प्रवेश गर्ने सबै सामान र व्यक्तिहरू इजरायली स्वीकृतिमा मात्र प्यालेष्टिनी क्षेत्रमा प्रवेश गर्न पाउँछन् । गाजाको ‘क्रसिङ अथोरिटी’का प्रमुख हिशाम अद्वानले कुवेतबाट ६ वटा एम्बुलेन्स पनि सोमबार गाजा प्रवेश गरेको जानकारी दिए । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Kitchen conceptKitchen concept
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu