site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बक्सिङ टोली अर्मेनिया प्रस्थान
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । आइबा विश्व जुनियर बक्सिङ च्याम्पियनसिपमा सहभागी जनाउन एक खेलाडीसहित दुई सदस्यीय नेपाली टोली सोमबार अर्मेनियाको येरेभान प्रस्थान गरेको छ ।

नोभेम्बर २३ देखि डिसेम्बर ४ सम्म हुने १६ वर्षमुनि उमेर समूहको प्रतियोगितामा पुरुष ७० केजीमा नुर्बु थेन्डुप शेर्पाले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । नुर्बुको यो ‘डेब्यू’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो । नेपालको प्रशिक्षकमा लालबहादुर पौडेल रहेका छन् ।

Agni Group

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले लगायतले आजै एक कार्यक्रमबीच बिदाइ गरे ।

बिदाइका अवसरमा बक्सिङ महासंघका उपाध्यक्ष ओमनारायण श्रेष्ठले प्रतियोगितामा नुर्बुलाई एक ‘बाउट’ जिते २५ हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गरे ।

Global Ime bank

सोही अवसरमा श्रेष्ठले गत असोजमा चीनको हाङझावमा भएको १९औँ एसियाली खेलकुदको बक्सिङमा एक ‘बाउट’ मा जित हात पारेका रविन थापालाई प्रोत्साहन स्वरुप पूर्वघोषित १० हजार नगद पुरस्कार पनि प्रदान गरे । एसियाली खेलकुदमा रविनले पुरुष ५१ केजीको पहिलो चरणमा इन्डोनेसियाका खेलाडीलाई पराजित गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १७:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu