site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
टिकटक बन्दविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध युवाहरुको एक समूहले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । जनताको बोल्ने अधिकार सुनिश्चित गर भन्दै उनीहरुले टिकटक प्रतिबन्धविरुद्ध काठमााडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी युवाले ‘सरकार हिजो बन्दुकसँग डराउने, आज टिकटकसँग’, ‘टिकटक बन्द हैन, भ्रष्टाचार बन्द गर’, ‘गरिखाने मर्दै छ सरकार’, ‘टिकटक हैन, जाजरकोटलाई ध्यान दे’लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

Dabur Nepal
NIC Asia

उनीहरुले टिकटक बन्द नभएर सरकारले आवश्यक नियमन गर्नुपर्नेमा जोड दिएका थिए ।

सरकारले टिकटक बन्द गरेपछि यसको पक्ष र विपक्षमा बहस भइरहेको छ । सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आधा दर्जन बढी रिट दर्ता भएको छ । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिट सोमबार भने हेर्न नभ्याइने सूचीमा परेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १४:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro