site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्यालेस्टाइनीको समर्थनमा इरानमा जुलुस
तस्बिर : रोयटर्स ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । युद्धग्रस्त गाजापट्टीमा प्यालेस्टाइनीप्रति समर्थन व्यक्त र इजरायलको ‘अपराध’को निन्दा गर्न इरानीले देशभर जुलुस निकालेका छन् ।

इरानको राजधानी तेहरानका साथै ताब्रिज, शिराज, इस्फाहान, रश्त, बुशेहर, अराक र काज्विनलगायत सहरमा र्‍याली निकालिएको अर्धसरकारी समाचार एजेन्सी तस्निमले जनाएको छ ।

तेहरानमा आयोजित र्‍यालीमा प्रदर्शनकारीले संयुक्त राज्य अमेरिका र इजरायलविरुद्ध नारा लगाएका थिए । गाजामा प्यालेस्टाइनी र बालबालिकाप्रति समर्थन जनाएका थिए ।

र्‍यालीमा प्रथम उपराष्ट्रपति मोहम्मद मोख्बरलगायत उच्चपदस्थ इरानी अधिकारीले भाग लिएका थिए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  ११:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro