site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
विराट कोहली बने ‘मोस्ट कन्सिसटेन्ट प्लेयर’

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपमा भारतका विराट कोहली ‘मोस्ट कन्सिसटेन्ट प्लेयर’ बनेका छन् । 

प्रतियोगिताको सर्वाधिक रनकर्ता रहेका कोहलीले ११ खेलमा ७६५ रन बनाए । उनले यसक्रममा तीन शतक र ६ अर्धशतक प्रहार गरे । विराटपछि सबैभन्दा धेरै रन बनाउने खेलाडी भारतीय टिमकै कप्तान रोहित शर्माले ५९७ रन बनाए ।

यस्तै, भारतीय टिमकै बलर मोहम्मद सामी प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका छन् । सामीले सात खेल खेल्दा २४ विकेट लिए । सामीपछि दोस्रो स्थानमा रहेका अस्ट्रेलियाका एडम जाम्पाले २३ विकेट लिए ।

प्रतियोगितामा अपराजित रहँदै फाइनल प्रवेश गरे पनि फाइनलमा भने त्यो लय कायम राख्न नसक्दा भारतले उपविजेतामा चित्त बुझाउनुपरेको हो ।

आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भएको फाइनलमा घरेलु टिमले दिएको २४१ रनको लक्ष्य ४३ ओभरमा पूरा गर्दै अस्ट्रेलियाले छैटौँपटक उपाधि जितेको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  २२:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro