site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
भारतविरुद्ध अस्ट्रेलियाका ओपनर हेडको अर्धशतक 
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा भारतविरुद्ध ब्याटिङ गरिरहेको अस्ट्रेलियाबाट ओपनर ब्याटर ट्राभिस हेडले अर्धशतक बनाएका छन् ।

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा घरेलु टिमले दिएको २४१ रनको लक्ष्य पछ्याइरहेको अस्ट्रेलियाबाट हेडले ५८ बलमा ६ चौका र एक छक्कासहित ५० रन पूरा गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

जारी खेलको २२ ओभर समाप्त हुँदा अस्ट्रेलियाले तीन विकेट गुमाएर ११७ रन बनाएको छ ।

अस्ट्रेलियाबाट हेडसँगै क्रिजमा रहेका मानुर्स लाबुसचेज्नेले २३ रन बनाएका छन् । ४७–३ को कठिन अवस्थाबाट यी दुईले हालसम्म ७० रनको साझेदारी गर्दै अस्ट्रेलियाको इनिङ सम्हालिरहेका छन् ।

Global Ime bank

त्यसअघि खेलको पहिलो इनिङमा टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रनको योगफल खडा गरेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  २०:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement